ताप्लेजुङमा धान दिवस : हिलोमा रमाइलो (तस्बिर)
ताप्लेजुङ : मौसमले साथ नदिए पनि ताप्लेजुङका कृषकलाई धान रोप्ने चटारो छ। खोला र कुलो लाग्ने सिम खेतमा धान रोपाईं भइरहेको छ। मानो रोपेर मुरी उब्जाउने मर्कमा व्यस्त हुँदा कृषिसँग सम्बन्धित कार्यालयले भने आइतबार धान दिवसको कार्यक्रम आयोना गरेका छन्।
फुङलङ नगरपालिकाले ३ को केनिममा आयोजना गरेको रोपाईंमा जनप्रतिनिधि कार्यालय प्रमुखसहित कर्मचारी र व्यावसायी रमाएका छन्। मध्यअसार भइसक्दा ताप्लेजुङमा ३ प्रतिशत मात्रै धान रोपाईं भएको कृषि विकास निर्देशनालय विराटनगरले जनाएको छ।