विमानस्थल अध्यागमनका सुब्बा दम्पत्तिविरुद्ध डेढ करोडको भ्रष्टाचार मुद्दा
काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाकौं अन्र्तगत अध्यागमनका नायव सुब्बा ललितकुमार झा र पत्नी सुचितादेवी झाविरुद्ध अकुत सम्पत्ति आर्जनमा मुद्दा दायर भएको छ।
झा दम्पत्तिविरुद्ध १ करोड ५६ लाख ७९ हजार विगो दाबी गरेको छ। मुखियाबाट सार्वजनिक सेवामा प्रवेश गरी पदोन्नति हुँदै सुब्बाको पदमा अध्यागमन कार्यालयमा रहँदा अुकत सम्पत्ति आर्जन गरेको अख्तियारको आरोप छ।
झा २०४० असार १७ गते देखि २०७६ जेठ मसान्तसम्म सार्वजनिक सेवामा कार्यरत थिए। तलब, भत्ता, कर्जा, शेयर विक्री, जग्गा विक्रीलगायत २ करोड २८ लाख ३८ आयआर्जन गरेका थिए।
सोही अवधिका झा र उनकी पत्नी सुचितादेवी झासमेतका नाममा खरिदगरी राखेका एवं लगानी गरेको चल अचल सम्पत्तिमाथि अनुसन्धान भएको हो।
जग्गा खरिद¸ घर निर्माण¸ सवारी साधन खरिद¸ शेयर खरिद¸ छोराछोरीको शिक्षामा लगानी तथा खर्च एवं विभिन्न बैंक तथा वित्तीय संस्थामा मौज्दात लगायतमा ३ करोड ८५ लाख ४३ हजार खर्च तथा लगानी गरेको देखिन्छ।
झा र निजकी पत्नी सुचिता देवी झासमेतलाई प्रतिवादी कायम गरी विशेष अदालत¸ मुद्दा दायर गरिएको अख्तियार प्रवक्ता एवं सहसचिव प्रदीपकुमार कोइरालाले जानकारी दिए।