स्कुलको कोठा भत्किँदा एकजनाको मृत्यु

स्कुलको कोठा भत्किँदा एकजनाको मृत्यु

परासी : शनिबार राति लगातार परेको वर्षाका कारण विद्यालय भवनको कोठा भत्किँदा एक जनाको मृत्यु भएको छ।

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका ३ मर्चहवामा रहेको शिवशक्ति आधारभूत विद्यालयको कोठा भत्किँदा स्थानीय ५० वर्षीया रामकिसुन विनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए।

उक्त भवन जीर्ण अवस्थामा रहेको र राति परेको पानीले एउटा कोठा भत्किएको थियो। मृतक विन  गाउँमा मागेर जीवन निर्वाह गर्थे र रातको समयमा विद्यालयको कोठामा बस्दै आएका थिए।

कोठा भत्किँदा च्यापिएर उनको मृत्यु भएको प्रहरीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.