कामका लागि विदेश जानुपर्ने अवस्थाको अन्त्य हुन्छ : प्रधानमन्त्री

कामका लागि विदेश जानुपर्ने अवस्थाको अन्त्य हुन्छ : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले कामका लागि विदेश जाने अवस्थाको अन्त्य चाँडै हुने बताएका छन्। राष्ट्रिय श्रम तथा रोजगार सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले केही वर्षभित्र वाध्यात्मक तरिकाले कोही पनि विदेश जानुनपर्ने बताए।

‘हामी स्वदेश मै आकर्षक रोजगारीको सृजना गर्छौं। आधुनिकीकरण र औद्योगीकिकरण जती बढाउदछौं त्यती नै रोजगारीको सृजना हुन्छ’ उनले भने,‘ यो अवस्था सृजना गर्न सरकार लागि परेको छ।’ बेरोजगारीकै अवस्थामा नराख्ने भन्दै ओलीले भने,‘मेरो कार्यकाल टुंगिदा बेरोजगारीको अवस्थामा परिवर्तन ल्याउछु।’
प्रधानमन्त्री ओलीले देशमा काम गर्ने सक्ने जनसंख्याको बाहुल्यता भएकोले यो अवसरको सदुपयोग गर्नुपर्ने बताए।

नेपाल काम गर्न चाहने कर्मबवीरको देश भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले भने,‘नेपाल श्रम गर्न नहिचकिचाउनेहरुको देश हो। नेपाली श्रम गर्नमा रुची राख्छन्  प्रधानमन्त्री ओलीले भने,‘तर यहाँ काम नपाएर ठुलो संख्यामा नेपाली विदेशमा श्रम गर्न गइरहेका छन्।’ 

प्रधानमन्त्री ओलीले भावी सन्ततीले अहिले जस्तो गरिबीको सामना गर्नु पर्ने स्थितीको अन्त्य गर्नुपर्ने  बताए। प्रधानमन्त्री ओलीले युवालाई स्वदेशमै रोजगारीमा आकर्षित गर्नुपर्ने बताएका छन्। जागिर मात्र नभई आफ्ना निम्ति आफैँ श्रम सिर्जना गर्ने वातावरण निर्माण गर्न सके युवा स्वदेशमै आकर्षित हुने उनले बताए। युवालाई स्वदेशमै आकर्षित गराउन सम्मानजनक काम, न्यूनतम आवश्यकता पूग्ने पारि श्रमिक उपलब्ध गराउनुपर्ने बताए।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.