हिले दौडको उपाधि विकास र सोनीलाई (फोटो फिचर)

हिले दौडको उपाधि विकास र सोनीलाई (फोटो फिचर)

धादिङ : धादिङवेशीमा गरिएको प्रथम राष्ट्रव्यापी खुला हिले दौडको उपाधि संखुवासभाका विकास राई र धादिङ नलाङकि सोनी गुरुङले हात पारेका छन्। उनीहरूले उपाधिसँगै नगद ५० हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र पनि पाए।

महिला र पुरुष छुट्टाछुट्टै विधामा आयोजना गरिएको प्रतियोगितामा पुरुषतर्फ कैलालीका किरण मल्ल द्वीतीय र नेपालगन्जका खिम बहादुर खत्री तृतीय भएका छन्। त्यस्तै महिलातर्फ धादिङ धुनीवेशीकी रसिला तामाङ द्वीतीय र काठमाडौं पाटनकि निरजला ताम्राकार तृतीय भएकी छन्। उनीहरूले क्रमशः ३० हजार र २० हजार रुपैयाँ प्राप्त गरे।

नीलकण्ठ नगरपालिका ७ तल्लोबेसीको फराकिलो फाँटमा युवायुवतीको रोमान्चक प्रतिस्पर्धा देखिएको थियो। धान रोप्न सम्याइएका गह्राका कान्दा उक्लिदै र औलर्दै चार सय मिटरको दौड प्रतियोगिता भएको हो।

प्रतियोगितामा १८ वर्ष उमेर समूहदेखि ४० वर्षसम्मका महिला पुरुष सहभागी थिए। राष्ट्रिय लोकखेल संरक्षण तथा अनुसन्धान संघको आयोजनामा भएको खेलमा नेपालभरबाट महिलातर्फ २६ जना र पुरुष तर्फ ८७ जनाले भाग लिएका थिए।

प्रथम भएकाहरू क्रमशः


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.