ट्रकको ठक्करबाट युवकको मृत्यु

ट्रकको ठक्करबाट युवकको मृत्यु

राजविराज : ट्रक र मोटरसाइकल एकआपसमा ठाेक्किँदा मोटरसाइकल चालक सप्तरीका एक युवकको सोमबार दिउसो मृत्यु भएको छ ।

सप्तरीको खडक नगरपालिका ५ खरचुहियास्थित पूर्व–पश्चिम राजमार्गमा सोमबार भएको दुर्घटनामा मोटरसाइकलमा सवार खडक नगरपालिका ४ का २० वर्षीय सुरज चौधरीको मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको स.२ प. ६३१९ को मोटर साइकललाई विपरीत दिशाबाट जाँँदै गरेको ना ४ ख ७६५९ नम्बरको मिनी ट्रकले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख एसपी मनोजकुमार यादवले ठक्कर दिने चालकसहितको ट्रकलाई नियन्त्रणमा लिएको बताए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.