सहमतिपछि सिसडोलमा फेरि फोहोर थन्क्याउन थालियो

सहमतिपछि सिसडोलमा फेरि फोहोर थन्क्याउन थालियो

कागतीगाउँ (नुवाकोट) : काठमाडौं महानगरपालिका स्थानीयबासीको माग सम्बोधन गर्न सहमति भएपछि सोमवारदेखि ओखरपौवाको सिसडोलमा फोहोर फाल्न सुरु भएको छ। नुवाकोटको सिसडोलमा काठमाडौं उपत्यकाबाट संकलित फोहोर विसर्जन गरिँदै आएको छ।

स्थानीयको जग्गा अधिग्रहण गरिनु पर्ने, सिसडोलको विकल्प वन्चरेडाँडामा तत्काल नयाँ फोहोर विर्सजन केन्द्र निर्माण गरिनु पर्नेलगायत माग राख्दै स्थानीयवासीले एक सातादेखि सिसडोलमा फोहोर फाल्न रोक लगाएका थिए। दुई साताभित्र सिसडोलवासीको समस्याको पहिचान र समाधान निकाल्ने गरी समिति गठन भएसँगै काठमाडौँ उपत्यकाको फोहोर नुवाकोटको सिसडोलमा विर्सजन सुचारु भएको हो।

सहमति अनसार फोहोर विर्सजन गरिएबापत् स्थानीय जग्गावाला किसानले हाल पाउँदै आएको भाडामा १५ देखि २० प्रतिशतले वृद्धि गरिनुका साथै अन्य जग्गा अधिग्रहणको प्रक्रिया १५ दिनपछि सुरु गरिने सहमति भएको छ। काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य नेतृत्वको टोलीले नुवाकोटको फोहोर प्रभावित सिसडोलवासीसँग वार्ता गरेर समाधान निकालेको हो।

विभिन्न माग राखेर ओखरपौवाको सिसडोलवासीले एक साता अघिदेखि फोहोर फाल्न अवरोध गरेका थिए। सिसडोलवासीले काठमाडौँको फोहोर फाल्ने गरिएको ४२ रोपनी जग्गा नेपाल सरकार वा महानगरले अधिग्रहण गर्नुपर्ने माग रहेको छ।

कामपाले सिसडोलवासीका समस्या समाधानका लागि वडा नं. ४ का वडाध्यक्ष विकास डङ्गोलको अध्यक्षतामा १३ सदस्यीय समिति गठन गरेको जनाएको छ। समितिमा महानगरका अरु वडाका वडाध्यक्ष, वातावरण विभाग प्रमुख र सरोकारवाला स्थानीयवासीसमेत रहेका छन्।

“समितिलाई १५ दिनभित्रमा प्रतिवेदन प्रस्तुत गर्नेगरी समयसीमा तोकिएको छ। महानगरका अनुसार  “त्यही प्रतिवेदनका आधारमा समाधान निकालिने जनाइएको छ।”

सहमतिअनुसार सोमबार तीनसय भन्दा बढी ट्रिपरले सिसडोलमा फोहोर विसर्जन गरेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.