झापामा डेँगुका कारण बालकको मृत्यु

झापामा डेँगुका कारण बालकको मृत्यु

झापा : डेँगुको सङ्क्रमणबाट झापामा एक बालकको मृत्यु भएको छ । कमल गाउँपालिका–४ मा बस्ने १४ वर्षीय बालक रिजेन राईको आइतबार मृत्यु भएको हो ।

अत्याधिक ज्वरोका कारण बालक रिजेनलाई उपचारको क्रममा डेँगु लागेको थियो । कमल गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामचन्द्र मिश्रका अनुसार उपचारको क्रममा मृत्यु भएको हो ।

बालक मामा घरमा बसेर कक्षा ९ मा पढ्दैआएका थिए । बुधबारदेखि बिरामी परेका राईलाई तत्काल उपचारका लागि दमक अस्पताल लगिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि शुक्रबार धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको र विपीमा उपचारका लागि सघन उपचार कक्ष खाली नभएपछि विराट नर्सिङ अस्पताल विराटनगर लैजाँदै गर्दा उनको बाटोमै मृत्यु भएको स्वास्थ्य शाखा प्रमुख मिश्रले बताए ।

डेँगुको सङ्क्रमण फैलिन नदिन झापाका १५ वटै स्थानीय तहमा औषधि छर्नेदेखि विभिन्न जनचेतनामूूलक कार्यक्रम गरिँदैआएको छ । झापामा डेँगुबाट ३ जनाको मृत्यु भइसकेको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.