किर्ते मुद्दामा कृषि बैंकका पूर्व प्रमुखसहित २६ जना दाेषी : १ वर्ष कैद, २ करोड ४४ लाख ५० हजार विगो

किर्ते मुद्दामा कृषि बैंकका पूर्व प्रमुखसहित २६ जना दाेषी : १ वर्ष कैद, २ करोड ४४ लाख ५० हजार विगो

ताप्लेजुङ : ताप्लेजुङ जिल्ला अदालतले सरकारी कागजात किर्ते मुद्दामा २६ जनालाई दोषी ठहर गरेको छ ।

कृषि विकास बैंक ताप्लेजुङ शाखाका तत्कालिन प्रमुख गणेश खतिवडासहित २६ जनालाई एक वर्ष कैद र विगोको २५ प्रतिशत तिर्नुपर्ने फैसला गरेको हो ।

उनीहरुले सरकारी कागजातलाई किर्ते गरी भीरपाखालाई प्लटिङ जग्गा देखाउँदै कृषि विकास बैंक लिमिटेड ताप्लेजुङ शाखाबाट कर्जा प्रवाह गरेका थिए । जिल्ला न्यायाधीष कृपासुर कार्कीको ईजलासले आइतबार एकैदिन सोसँग सम्बन्धित ३८ थान मुद्दाको सुनुवाई गर्दै उक्त फैसला गरेका हुन् ।

जिल्ला अदालतका श्रेष्तेदार केदार प्रसाद गौतमका अनुसार बैकका तत्कालिन शाखा प्रमुख गणेश खतिवडा, लेखापाल हरिशंखर न्यौपाने, कर्मचारी भिमप्रसाद आर्चाय र जग्गाधनी पदमकुमारी नुगोलाई मुख्य दोषी ठहर भएका छन् ।

२०७५ साल साउन ११ गते १८ थान तथा २०७५ कार्तिका ९ मा २० थान मुद्दा दर्ता भएको थियो । अन्य सबैलाई एक वर्ष कैद र विगोको २५ प्रतिशत फैसला गरेको छ । अदालतले मुख्य दोषी ठहर गरेको प्रमुख खतिवडा, न्यौपाने आर्चाय र नुगोलाई भने प्रत्येकको २० प्रतिवादीको विगोको २५ प्रतिशत जरिवाना ठहर्ने फैसला गरेको श्रेष्तेदार गौतमले बताए ।

कैद सजाय भने सबैलाई एक वर्ष तोकेको छ । अदातलले श्याम श्रेष्ठ, ललितकुमारी गुरुङलाई १२ लाख विगोमा २५ प्रतिशत ठहर गरेको हो । प्रतिवादी यमुना शिवालाई १४ लाख २५ हजार मनिषा सुब्बालाई ६ लाख, नारायणसिंह बोखिमलाई ९ लाख, बमबहादुर र दुर्गा लिम्बूलाई १३ लाख २५ हजार, तारादेवी बोगटीलाई १९ लाख ५० हजार, विनु थुलुङ लिम्बुलाई ८ लाखको विगो ठहर्ने फैसला गरेका छ ।

यस्तै सरिता लिम्बू र गौमती लिम्बूलाई १०—१० लाख प्रमिला गुरुङलाई १५ लाख मैया थापालाई१२ लाख, शान्ता काङवा, अनिता जोगी, राममाया बेघा, अरुण कार्की र सुनिता लिम्बूलाई ८—८ लाख र ईन्दिरा खवासलाई २४ लाख विगो सजाय सुनाएको हो ।

यस्तै सुमित्रा लिम्बूलाई ६ लाख संगीता मादेनलाई ३० लाख, रमेशकुमार राईलाई १८ लाखको विगो सजाय सुनाएको बताइएको छ । मुद्दामा पदमकुमारी कर्जा प्रवाहमा मिलेमतो गरेर हिनामिना गराउने मुख्य आरोपी हुन् । उनले कर्मचारीको मिलेमतोमा जग्गा किनेबेच गर्ने गराउने बहानामा कागजी रुपमा जग्गा बंैकमा राखेर ऋण हिनामिना गर्ने गराउने गरेकी थिइन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.