मुस्ताङमा पुल निर्माण ढिलाइले सवारीलाई सास्ती

मुस्ताङमा पुल निर्माण ढिलाइले सवारीलाई सास्ती

 मुस्ताङ : मुस्ताङमा बन्दै गरेका पुलको काम ढिलाइले सवारी साधनलाई सास्ती बनेको छ।वर्षाको समयमा नदीनालामा पानीको बहाव उच्च हुँदा सवारी साधनलाई बाटो वारपारमा समस्या बनेको हो। म्याग्दी हुँदै मुस्ताङ प्रवेश गरेपछि उपल्लो मुस्ताङ पुग्न आधा दर्जन पुल तर्नुपर्छ। तर यी बन्दै गरेका पुलहरु सम्पन्नमा  चरम ढिलाइ भइरहेको छ। कतिपय स्थानमा भर्खरै मात्र पुलको ठेक्का र काम गर्न थालिएको बेनी-जोमसोम-सडक आयोजनाले जनाएको छ।

आयोजनाले सुरु गर्नु अगावै मुस्ताङमा केही पुलको काम डोलीडार ,पाल्पा करिडोर र सडक डिभिजन कार्यालय बाग्लुङले सुरु गरिसकेका थिए।कोरला सडक सुरुभएपछि ११ मिटर मापदण्ड अनुसार केही पुलका डिजाइन फेरिँदा पुल निर्माणमा प्राविधिक समस्या बन्यो।

जोमसोमदेखि माथि करिब ३ किलोमिटर उत्तरतर्फ पक्‍की पुल ठिंग उभिएको छ। तर पुलको काम हात्ती छिर्‍यो पुच्छर अड्कियो भएको छ। पुलको काम सक्न ठेकेदार कम्पनीले पुरै वेवास्ता देखाएका छन्।तर ठेकेदारले भने खोलो बढ्नु अगावै काम सक्छु भन्ने दावी गरेका छन्।

कोरला सडकअघि पाल्पा करिडोर सडकले लुप्रा-पान्डाखोला पुल बनाउन सुरु गर्‍यो। पुलको भौगालिक अध्ययन बिना पुलको डिजाइन गरियो।अहिले यस पुलको व्यवहारिक कार्यान्वयनपक्ष चुनौति बनेको छ। लुप्रा-पान्डा खोलामा पुल नहुँदा सदियौदेखि उपल्लो मुस्ताङ आउजाउ गर्ने र मुक्तिनाथ जाने स्थानीय र पर्यटकलाई सास्ती हुने गरेको छ।

यहाँ ट्याक्टरको सहयोगमा महंगो शुल्क तिरेर खोलो वारपार गर्नुपर्ने बाध्यता अझैं छ।लुप्रा-पान्डा खोला पक्की पुलको काम ९० प्रतिशत सम्पन्न भएको करिडोरका इन्जिनियर अश्विनी कुमार यादवले बताए। तर, पुल बनेको स्थान नियाल्दा यहाँ निकै लामो पुल आवश्यक पर्छ।

उपल्लो भेक जाने सवारीले खोलो तर्नुपर्ने अवस्था छ। छेवैको पुलले गिज्याइरहेको छ। कामको गति भने उही छ। लुप्रा-पान्डा पुल ०६९ सालमा सम्झौता भएको हो।सम्पन्न अवधि २०७३ सालको थियो। ३ करोड ९० लाखमा लोकप्रिय शंकरमाली जेभीले लिएको प्लको लम्बाई ५० मिटर र चौडाई ७.५ मिटरको छ।

पुलका प्रतिनिधि गणेश कार्कीले पुल अन्तिम चरणमा रहेको र असारमै सम्मपन्न हुने जनाएका छन्। तर, उनले भनेजस्तै पुलको सम्पन्न हुने कुनै छाटकाट देखिदैन।  उनका अनुसार पुलमा इक्सपान्सन जोइन ,एप्रोज सडक र एप्रोज स्लाबको काम बाँकी छ। यस्तै यो पुलजस्तै मुस्ताङको स्याङ खोला पुल, कागबेनी खोला पुल र छुसाङ पुलको समस्या पनि उस्तै छ। जसका कारण वर्षायामको समयमा मुस्ताङ भित्रिने सवारी प्रभावित हुने गर्छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.