मदिरा सेवनको आरोपमा प्रहरीको  निर्घात कुटपिट !

मदिरा सेवनको आरोपमा प्रहरीको  निर्घात कुटपिट !

मुगु : खत्याड गाउँपालिकको एक काष्ठ उद्योगमा कार्यरत दुई मजदुरमाथि प्रहरीले  निर्घात कुटपिट गरेको छ।  खत्याड गाउँपालिका-९ का ३० वर्षीय टक्क भण्डारी र सोही गाउँपालिका-४ का २९ वर्षीय तिलक रोकायाले मदिरा सेवन गरेकै आरोप प्रहरीले निर्घात कुटपिट गरेको हो। 

गाउँपालिकाको अस्थाई सदरमुकाममा रहेको माथिचौर  अस्थाई प्रहरी चौकीका प्रहरीले नियन्त्रणमा लिएर कुटपिट गरेको पीडितको भनाइ छ। काम सकेर साँझ मदिरा सेवनपछि सोमबार साँझ टक्क भण्डारी नजिकैको पसलमा चुरोट किन्न गएका थिए। उनको पसलमा चुरोट किन्न जाँदा स्थानीय युवासँग सामान्य विवाद भएको थियो। 

मदिरा पिएर विवाद गरेको नाममा प्रहरीले नियन्त्रणमा लिएर लाठी, बुट, मुक्काले हानेको पीडित भण्डारीले बताए। खत्याड गाउँपालिकाले आफनो सबै वडामा मदिरा निषेध गरेको छ। 

मदिरा सेवन गर्ने र विक्री वितरण गर्नेलाई गाउँपालिकाले चार-चार हजार जरिवाना तोकेको छ। प्रहरीले नियन्त्रणमा लिएर नियम अनुसार जरिवाना गर्नुको साटो निर्घात कुटपिट गरेकोप्रति खत्याड गाउँपालिका ७ का वडा सदस्य अनन्तराज घोडासैनीले आपत्ति जनाए। ‘यो प्रहरीको कारबाही प्रक्रिया आपत्तिजनक छ’, उनले भने।

प्रहरीले भण्डारीलाई १६ गते पक्राउ गरेको थियो। भने उनका साथी रोकायलाई १७ गते पक्राउ गरेको हो। दुवैजनालाई प्रहरीले निर्घात कुटपिट गरेको छ। निर्घात कुटपिटपछि प्रहरीले चार-चार हजार जरिवाना गर्ने कागजपत्रसमेत गराएको पीडित भण्डारीले बताए। उपचार खर्च अभावमा पीडित  दुवैजना घरमै बसेका छन्। 


  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.