खोलो तर्काएर बाँध

खोलो तर्काएर बाँध

विराटनगर : विराटनगगर महानगरपालिका र कटहरी गाउँपालिकाको सीमा भएर बग्ने सिंघिया खोलाको प्राकृतिक बहावलाई थुन्ने गरी बाँध निर्माण गरेपछि दुईवटा वडा जोखिममा परेका छन्। वडा नम्बर १ र २ का दुई सय परिवार बाढीको जोखिममा छन्। खोला बगेकै स्थानलाई नम्बरी जग्गा भएको बताउँदै स्थानीय गोकर्ण माझीले तारजाली लगाएर बाँध बनाएपछि खोलाको धार परिवर्तन भएको छ।

खोलाले धार परिवर्तन गरी बग्न थालेपछि गाउँमा पानी पसेको भन्दै स्थानीय आक्रोशित बनेका छन्। ‘बाँध बनाएपछि खोलाले बहाव परिवर्तन गरेको छ, अहिलेनै पनि पानी गाउँमा पस्छ’ स्थानीय पंकज बर्माले भने, ‘वर्षातमा गाउँ नै डुबानमा पर्ने जोखिम बढ्यो।’ खोलाको जलाधार क्षेत्रमा बाँध बनाएर जग्गा अतिक्रमण गर्न खोजिए पनि जनप्रनिधिले कुनै चासो नदिएको बर्माले गुनासो गरे।

खोलाको पश्चिमतर्फ विराटनगर महानगरपालिका र पूर्वतर्फ कटहरी गाउँपालिका छ। विराटनगर–१ गंगा टोलकी लक्ष्मी रायले खोलाको पूर्वपट्टी बनाइएको बाँधले खोलाले धार परिवर्तन गरेको र आफूहरु अब डुबानमा पर्ने निश्चित भएको बताइन्। वर्षौँदेखि बग्ने खोलाको धार परिवर्तन गरेर बाँध बनाउँदा विराटनगर महानगरपालिका–१ का ५० भन्दा बढी सुखुम्बासीको घर र २ का नम्बरी जग्गामा बनाएको एक सय १० घर डुवानमा पर्ने उनी बताउँछिन्।

सिंघिया खोलाको पूर्व–उत्तरतर्फ ढुंगा र तारजाली प्रयोग गरेर एक सय ६५ मिटरको बाँध गोकर्ण माझीले निर्माण गरेका हुन्। समयमै समस्याको समाधान नभए विराटनगर महानगरपालिकाले ठूलो क्षति बेहर्नुपर्ने स्थानीय बताउँछन्। विराटनगर–२ का वडाध्यक्ष कुमार पोखरेलले बाँधका कारण पश्चिमतर्फका वासिन्दा बढि प्रभावित हुने देखिएको बताए। स्थानीयको गुनासोपछि आपूmले स्थलगत निरीक्षण गरेको उनको भनाइ छ। सम्बन्धित वडाका वडा अध्यक्षसँग सवन्वय गरेर नियन्त्रणका लागि निर्णय गर्ने पोखरेलले बताए। ‘कसैको अनुमती नलिएर बाँध बनाएको पाइयो, खोला क्षेत्रको जग्गा छुट्याउन छानविन गर्नुपर्छ। अमिन लगाएर जग्गा छुट्याउने तयारी गरेका छौं’ उनले भने।

खोलाको पूर्वतफको बाँध भएको स्थानमा विभिन्न ८ जनाको नाममा ४९ कट्ठा जग्गा रहेको बताइएको छ। बाँध निर्माण गरेका गोकर्ण माझीले २०५० सालमा समूहगत जग्गा खरिद गरेको बताएका छन्। उनले आफ्नो नम्बरी जग्गामा बाँध बनाएको बताए। आफूहरुले खरीद गरेको अढाई बिगाह जग्गामध्ये खोलाले कटान गरेका कारण हाल ४३ कट्ठामात्र बाँकी रहेको जानकारी दिए। बाँकी रहेको जग्गा संरक्षणका लागि बाँध बनाएको माझीको भनाइ छ।

राजेश साफकोटा, अमरनाथ झा, ज्ञानशुल्क अधिकारी, महेन्द्र यादव, राजेन्द्र चौधरी, धनेश्वर साह, हेम नारायण आचार्यसहित समूहमा जग्गा किनेको माझीको दाबी छ। उनिहरुले सस्तोमा किनेर खोलाको प्राकृतिक बहावलाई प्रभावित गर्दै पल्टीङ गर्ने काम गर्ने गरेको स्थानीयको आरोप छ। हाल उक्त जग्गा ४ लाख रुपैयाँ धुरका दरले बिक्री गर्दै आएका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.