भोजपुरकाे एक वडा कार्यालयमा तोडफोड र आगजनी

भोजपुरकाे एक वडा कार्यालयमा तोडफोड र आगजनी

भोजपुर : टेम्के मैयुङ गाउँपालिका–१ तिम्मास्थित वडा कार्यालयमा अज्ञात समूहले तोडफोड तथा आगजनी गरेको छ। सदरमुकामदेखि २१ किलोमिटर दुरीमा पर्ने वडा कार्यालयको ताला फोडेर मंगलबार राति कार्यालयका महत्वपूर्ण कागजातमा आगजनी गरिएको हो।

अज्ञात समुहले वडाध्यक्ष र वडा सचिवको कार्यकक्षमा पसेर कम्प्यूटर, टेबुल, कुर्सी, प्रिन्टर, ईन्टरनेटका सामाग्री, महत्वपूर्ण कागजातहरु जलाएको ईन्सेपेक्टर पाण्डव राजवंशीले जानकारी दिए। सोहि वडाको परिसरभित्रै बम जस्तो देखिने शंकास्पद बस्तु भने निष्क्रिय गरिएको प्रहरीले जनाएको छ। 

तोडफोड गर्ने समूहले कार्यालयमा रहेको एउटा ल्यापटप पनि साथमै लिएर गएको बताइएको छ। घटनापछि उक्त स्थानमा सुरक्षा अवस्था कडा पारिएको प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडाले बताए। उक्त घटनास्थलमा बुधबार विहानबाटै नेपाल प्रहरी र शसस्त्र प्रहरीको टोलीलाई खटाइएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.