सप्तरीमा ६ महिनाको अवधिमा २३ बलात्कृत, ७ को हत्या
राजविराज : सप्तरीमा ६ महिनाको अवधिमा सात जनाको हत्या भएको तथ्य सार्वजनिक गरेको छ ।
२०७५ पुस १७ देखि २०७६ असार १५ गतेसम्म भएका घटनामा राज्य पक्षबाट एक युवकको इनकाउण्टरमा हत्या र गैरराज्य पक्षबाट ६ जनाको हत्या भएको ईन्सेक प्रतिवेदन बुधबार सार्वजनिक भएको हो ।
यसरी हत्या हुनेमा अज्ञात पक्षबाट एक ज्येष्ठ नागरिक दम्पत्ति, छोराबाट एक ज्येष्ठ नागरिक, बुवाआमाबाट एक बालिका, पतिसहित परिवारका सदस्यबाट एक महिला र युवाहरुको समूहबाट एक शिक्षक गरी सातजनाको हत्याको घटना भएको प्रस्तुत प्रतिवेदनमा उल्लेख छ ।
नेपाल मानवअधिकार वर्षपुस्तक २०२० को प्रकाशन पूर्व बुधबार राजविराजमा आयोजित अर्धवार्षिक समीक्षा गोष्ठिमा प्रस्तुत प्रतिवेदनअनुसार सन् २०१९ को सुरुको ६ महिनाको अवधिमा बालिका बलात्कारका १६, महिला बलात्कारका सात, घरेलु हिंसाका २५, बहुविवाहका आठ, बालिका बलात्कार प्रयासका तीनसहित बाल यौन दुव्र्यवहार, बालबालिका विरुद्धको कसुर, बालबालिका दुरुपयोग, महिला बलात्कार प्रयास, गोली प्रहार, बम विष्फोटका एक÷एक घटना गरी ८५ वटा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना भएको प्रतिवेदनमा उल्लेख छ ।
कालाजारका एक बिरामीले उपचार नपाएको घटनासहित सरकारी कार्यालय भवन र सवारी साधन तोडफोडका घटनाहरु आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारअन्तर्गत अभिलेख गरिएको छ ।