६ महिनामा सात जनाको हत्या, २३ जना बलात्कृत

६ महिनामा सात जनाको हत्या, २३ जना बलात्कृत

राजविराज : सप्तरीमा ६ महिनाको अवधिमा सात जनाको हत्या भएको छ । ०७५ पुस १७ देखि ०७६ असार १५ गतेसम्म भएको घटनामा राज्य पक्षबाट एक युवकको इनकाउण्टरमा हत्या र गैर राज्य पक्षबाट ६ जनाको हत्या भएको इन्सेक प्रतिवेदन बुधबार सार्वजनिक भएको छ ।

हत्या गरिएकामा अज्ञात समूहबाट एक ज्येष्ठ नागरिक दम्पति, छोराबाट एक ज्येष्ठ नागरिक, बुवाआमाबाट एक बालिका, पतिसहित परिवारका सदस्यबाट एक महिला र युवाहरुको समूहबाट एक शिक्षक गरी सात जनाको हत्याको घटना भएको प्रस्तुत प्रतिवेदनमा उल्लेख छ ।

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२० को प्रकाशन पूर्व बुधवार राजविराजमा आयोजित अर्ध वार्षिक समीक्षा गोष्ठिमा प्रस्तुत प्रतिवेदन अनुसार सन् २०१९ को सुरुको ६ महिनाको अवधिमा बालिका बलात्कारका १६, महिला बलात्कारका सात, घरेलु हिंसाका २५, बहुविवाहका आठ, बालिका बलात्कार प्रयासका तीनसहित बाल यौन दुव्र्यवहार, बालबालिका विरुद्धको कसूर, बालबालिका दुरुपयोग, महिला बलात्कार प्रयास, गोली प्रहार, बम विष्फोटका एक÷एक घटना गरी ८५ वटा मानव अधिकार उल्लंघन तथा ज्यादतीका घटना भएको प्रतिवेदनमा उल्लेख छ ।

कार्यक्रमका प्रमुख जिल्ला न्यायाधीश हरिश्चन्द्र ढुंगानाले अदालतले कानुनी व्यवस्थाअनुसार प्रमाणका आधारमा फैसला गर्नुपर्ने भएकाले प्रमाण जुटाउने प्रहरीलाई कार्यालयमै बसेर चार किल्ला प्रमाणित गरी मुचुल्का तयार नगर्न र नाटकिय ढंगले काल्पनिक विवरणहरु नलेख्न सुझाव दिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.