छुसाङ–चैले पक्की पुल १ महिनाभित्रै बन्‍ने

छुसाङ–चैले पक्की पुल १ महिनाभित्रै बन्‍ने

मुस्ताङ : मुस्ताङको वारागुङ मुक्तिक्षेत्र छुसाङ–चैले जोड्ने पक्की पुलको काम १ महिनाभित्रै सक्ने सहमति भएको छ। बिहीबार पुल निरीक्षणका क्रममा स्थानीय र जनप्रतिनिधिबीच पुलको काम सुरु गर्न २ बुँदे सहमति भएको हो। छिटो पुल संञ्चालनमा ल्याउन अधुरा कामलाई पूर्णता दिने सहमति भएको संघीय सांसद प्रेमप्रसाद तुलाचनले जानकारी दिए।

'वर्षायामको समयमा कालीगण्डकी नदीको सतह ठूलो हुनाले यातायातका साधन गन्तव्यमा पुग्ने अवस्था थिएन,' पुल निरीक्षणका क्रममा सांसद तुलाचनले भने 'यसलाई ध्यानमा राख्दै पुलको बाँकी कामलाई एक महिनाभित्रै सकेर दोहोरो आवागमन सूचारु गरिन्छ।' सरोकारवालाबीच भएको सम्झौतामा कालीगण्डकी नदीलाई पुल भित्रैबाट लैजानै गरी च्यानलाइजिङ गरी नदी ट्याक खोल्ने र पुलको बायाँतर्फको एप्रोज सडक बिस्तार गर्ने सहमति जुटेको हो।  

हिउँदयाममा उपल्लो मुस्ताङ जाने सवारी साधनलाई बर्खायाममा कालीगण्डकी नदी बाधक बन्दै आएको छ। मुस्ताङ गेटमा पुल नहुँदा लामो दुरीका सवारी साधनहरु ४ महिनासम्म आउजाउ गर्न सक्ने अवस्था छैन।

पुलको काम १ महिनामै पूरा गर्ने सहमति भएको अन्नपूर्ण संरक्षण क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष एवं स्थानीय उक्तम गुरुङले जानकारी दिए। निर्माणधीन छुसाङ पुल छोटो भएकाले १ सय २० मिटरको बनाउनु पर्ने गाउँलेको माग रहेको उनले बताए।

हिमालपारीको मुस्ताङ सदरमुकाम जोमसोम बजार र कालिगण्डकी करिडोर। 

यो पुलले उत्तरी कोरला नाका र उपल्लो मुस्ताङ जोड्छ। चैले–छुसाङ मोटरेबल पुल २०७१ साल आषाढमा सुरु भएको थियो। स्थानीयको अवरोध र विविध कारणले यो पुल निर्माण ढिलाइ भएको छ। पुलको काम लोकल रोड ब्रिज प्रोग्राम –एलआरबिपिले सुरु गरेको हो। छुसाङ–चैले पक्की पुल बनाउने जिम्मा लुम्बिनी विल्डर्सले लिएको थियो। पुलको लागत ४ करोड ७३ लाख छ। यसको लम्बाई ७६ मिटर र चौडाई ५.५ मिटरको छ।  सिङ्गललेन पुलको  सम्झौँता २ वर्ष भएपनि अवधि सकिएको ३ वर्ष बितिसक्दासमेत पुलको काम अन्तिममा रोकिएको थियो।

काम सुरु भएको १ वर्षमै पुलका लागि ठडिएका पिल्लरलगायतका संरचनाले कालीगण्डकी नदि थुनिएर छुसाङ बस्ती र खेतीयोग्य जमिन कटान गरेको थियो। त्यसपछि स्थानीयले पुल निर्माणमा अवरोध पुर्‍याएका थिए।  निर्माण कम्पनीले पुलको दायाँबाँयातर्फ एप्रोज रोड विस्तार गरेको थिएन। बाँयातर्फ भने कोरला सडक आयोजनालेनै एप्रोज रोड बनाइदिएको इन्जिनीयर अश्विनीकुमार यादवले जानकारी दिए।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.