१६ महिनामा एउटा खाल्डो !

१६ महिनामा एउटा खाल्डो !

ताप्लेजुङ : तमोर करिडोरअन्तर्गत लिम्बुनी पुल निर्माण जिम्मा पाएको ठेकेदार कम्पनिले १६ महिनामा एउटा खाल्डो मात्रै खनेको छ। चीन र भारत जोड्ने अन्तर्राष्ट्रिय महत्वको पुल भए पनि सपना याक्थुङहाङ जेभी निर्माण कम्पनीले निर्माणमा ढिलाई गरेको छ।

२०७७ भदौमा सक्ने गरी २०७४ फागुन ६ गते सम्झौता भएको थियो। कम्पनीले एकतर्फको वेस राख्ने खाल्डो खन्नमै यत्तिका समय बिताएको छ। त्यो पनि पुरा भएको छैन। अहिले निर्माणको काम नै ठप्प छ। पुलको ठेक्का लगाएको उत्तर–दक्षिण ओलाङचुङगोला लोकमार्ग आयोजनाका प्रमुख रामबहादुर गुरुङका अनुसार यो ५ प्रतिशत मात्रै प्रगति हो।

ताप्लेजुङको आठराई त्रीवेणी र पाँचथरको हिलिहाङ गाउँपालिका बीचमा तमोर नदीमाथि पुल निर्माण हुन लागेको हो।

यसको लागत भ्याटसहित २२ करोड छ। ठेकेदारले काममा लापरबाही गरेको स्थानीयको गुनासो छ । हालसम्म आधा मात्रै काम भइसक्नुपर्ने भए पनि लापरबाही हुँदा ढिलाइ भएको निर्माण व्यावसायीसमेत रहेका स्थानीय दिपेन पोमु बताउँछन्। ‘हामीले पटक–पटक निर्माणस्थलमा भेला भएर छिटो गर्न अनुरोध गरिरहेका छौं’ उनले भने, ‘गौरवको आयोजना भएकाले राज्यले नै ताकेदा गर्न जरुरी छ।’

निर्माण स्थलमा योजनाको लागत सम्झौता मिति, सक्नुपर्ने अवधि लगायतका सूचना समेटिएको होर्डिङबोर्डसमेत राखिएको छैन । आफूहरुलाई पुलको बारेमा ठेकेदारले केहि जानकारी नगराएको निर्माण क्षेत्रका वडाध्यक्ष पूर्ण सिटौला बताउँछन्। ‘बाटो हिँड्दा केहि निर्माण सामग्री र एउटा मेसिनले खनिरहेको देख्छु, प्रगति भएको देखिँदैन’ उनले भने। हिउँदभर खोलामा पानी घटेका बेला पनि ठेकेदारले काम नगर्दा स्थानीय र जनप्रतिनिधि आक्रोशित बनेका छन्।

एकातर्फको फउण्डेसको काम सक्नै लाग्दा नदीमा बाढी आएर पुरेको याक्थुङहाङ जेभी कम्पनीका प्रबन्धक तेज

कुरुङवाङले बताए। ‘निर्माणस्थलमा सडक थिएन, स्थानीयले सहयोग गरेनन्। त्यहि भएर काममा केहि ढिला भएको हो,’ कुरुङवाङले भने। सम्झौताअनुसार पाउनुपर्ने पेश्की रकमसमेत नपाएको उनको भनाइ छ। लोकमार्ग आयोजना प्रमुख गुरुङ ठेकेदारले कुनै पनि हालतका निर्धारित समयमा पुल सम्पन्न गर्नुपर्ने बताउँछन्। ‘कुनै पनि बहानामा ढिलो गर्न पाउँदैनन्’ गुरुङले भने, ‘नसके कानुनी प्रक्रिया अघि बढाउँछौं।’ मोरङको जोगबनी नाकादेखि ताप्लेजुङको दोभानसम्म सडक जोडिएको र उक्त पुल नबन्दा सवारी सञ्चालन हुन नसकेको गुरुङले बताए। दोभानबाट फुङलिङ बजार हुँदै लेलेपसम्म सडकको ट्रयाक खुलिसकेको छ। तिब्बत जोडिन अब २८ किलोमिटर मात्रै बाँकी छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.