बाढीले बगाएर नुवाकोटका दुई युवा वेपत्ता
नुवाकोट : नुवाकोटको पूर्वी भेगमा रहेको तादी गाउँपालिका-२ स्थित घट्टेखोलाको बाढीले बगाएर स्थानीय दुई युवक वेपत्ता भएका छन्। बिहीबार बेलुकी वेपत्ता भएका दुवै युवकको खोजी भइरहेको प्रहरीले जनाएको छ।
तादी गाउँपालिका-२ चिलाउने गाउँका १७ वर्षीय बिनोद तामाङ र १८ वर्षीय देवकृष्ण तामाङ सातबिसेबाट घर फर्किने क्रममा घट्टेखोलाको बाढीमा परेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ।
सातविसे बजारबाट घर फर्कने क्रममा घट्टेखोला तर्दै गर्दा बेलुकी बाढीले बगाएको हो।जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख तथा प्रहरी उपरिक्षक कृष्णबहादुर पल्लिमगरका अनुसार उनीहरुको खोजि भइरहेको छ।
खोला तर्दै गर्दा एक्कासी खोलामा पानीको बहाव बढ्दै गएको र वारपार गर्न नसक्दा दुवैजालाई खोलाले बगाएर वेपत्ता बनाएको प्रत्यक्षदर्शीले बताएका छन्।