बाढीले बगाएर बेपत्ता युवकको शव भेटियो
नुवाकोट : नुवाकोटको तादी गाउँपालिका २ स्थित घट्टेखोलाको बाढीले बगाएर बेपत्ता भएका दुईमध्ये एक युवकको शव दुई दिनपछि फेला परेको छ। १८ वर्षीय देवकृष्ण तामाङको शव तादी गापा ४ बनखोटे खोलाको किनारमा ढुङ्गाले च्यापेको अवस्थामा फेला परेको नुवाकोटका प्रहरी उपरीक्षक कृष्णबहादुर पल्लिमगरले जानकारी दिए।
विदुरदेखि ३० किलोमिटर पूर्व तादी गाउँपालिका २ चिलाउने गाउँका १७ वर्षीय विनोद तामाङ र १८ वर्षीय देवकृष्ण तामाङ सातबिसेबाट घर फर्किने क्रममा घट्टेखोलाको बाढीमा बेपत्ता भएका थिए।
तादी २ र तादी ४ को सिमाना हुँदै बग्ने घट्टेखोलाले बगाएर बेपत्ता विनोद तामाङको खोजी जारी रहेको वडाध्यक्ष बच्चुराम तामाङले जानकारी दिए।