नेपाल औषधि व्यवसायी संघ भक्तपुरको अध्यक्षमा भुसाल
भक्तपुर : नेपाल औषधि व्यवसायी संघ भक्तपुर जिल्ला शाखाको अध्यक्षमा नारायणप्रसाद भुसाल सर्वसम्मत चुनिएका छन् ।
शाखाको शनिबार भएको प्रथम जिल्ला अधिवेशनले भुसालको अध्यक्षतामा नौ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो । समितिको उपाध्यक्षमा राजकुमार बुढाथोकी, महासचिवमा विनोदप्रसाद सापकोटा, कोषाध्यक्षमा दीपा बस्नेत र सचिवमा राम न्यौपाने र उपकोषाध्यक्षमा किरण माकजू श्रेष्ठ छन् ।
सदस्यहरुमा कृष्णराज बुढाथोकी, सीताराम खाइतू र चेतन शाक्य सर्वसम्मत भए । नवनिर्वाचित अध्यक्षले जिल्लाका औषधि व्यवसायीको हकहित संरक्षण गर्दै आइपर्ने समस्या समाधान गर्ने प्रतिवद्धता जनाए ।