बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

राजविराज : तिव्र गतिमा गुडेको बसको ठक्करले सप्तरीमा शनिवार एक मोटरसाइकल चालकको मृत्यु भएको छ ।

खडक नगरपालिका–५ स्थित पूर्व–पश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ग १ ख ३७८८ नम्बरको बसले स ११ प ९८६ नम्बरको मोटरसाइकललाई पछाडिबाट ठक्कर दिँदा सिरहाको धनगढी नगरपालिका–१ का ३० वर्षीय वीरेन्द्र चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका चौधरीलाई उपचारका लागि राउ स्मारक अस्पताल लहान लैजाँदै गर्दा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय कल्याणपुरका प्रहरी निरीक्षक विष्णुप्रदीप बस्यालले बताए । घटनापछि चालकसहित बसलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.