जनप्रतिनिधिले मदिरा सेवन गरे २० हजार जरिवाना

जनप्रतिनिधिले मदिरा सेवन गरे २० हजार जरिवाना

मुगु :  खत्याड गाउँपालिकाले मदिरा नियन्त्रण अभियानलाई कडाइ गर्ने भएको छ। अघिल्लो वर्ष मदिरा निषेधित क्षेत्र घोषणा गरेको गाउँपालिकाले जनप्रतिनिधिमाथि निगरानी गर्न थालेको हो। उनीहरुले मदिरा सेवन गरे कारबाही स्वरुप २० हजार जरिवाना अशुल गरिने भएको हो।

गाउँपालिकाको हालै सम्पन्न गाउँ सभाले यस्तो निर्णय गरेको हो। जनप्रतिनिधि, सरकारी तथा गैरसरकारी संस्थाका कर्मचारी र सर्वसाधरणले मदिरा सेवन गरेमा आर्थिक जरिवान तिराउने निर्णय गरिएको छ।

गाउँपालिकालाई मदिरा रहित बनाउन मदिरा सेवन गरेमा जनप्रतिनिधिलाई २० हजार, कर्मचारीलाई १५ हजार र सर्वसाधरणलाई ६ हजार रुपैयाँ जरिवाना तोकिएको छ। यस्तै अब गाउँपालिकाको क्षेत्रभित्र मदिरा र बिक्रि र बितरण गर्नेलाई १२ हजार नगद जरिवाना तोकिएको छ। शुक्रवारबाटै यो नियम लागू भइसकेको गाउँपालिकाका उपाध्यक्ष जयनन्दा रावलले जानकारी दिइन्।

गएको वर्ष बैशाखमा मदिरा निषेधित क्षेत्र घोषण गर्न गाउँपालिकाले मदिरा नियन्त्रण नियमन निर्देशक समिति गठन गरेको थियो। सोही समितिले मदिरा निषेधित क्षेत्र घोषण गरे पनि लुकिछिपि सेवन तथा बिक्रि बितरण भइरहेको बताएपछि आर्थिक जरिवाना तोकिएको हो।

जनप्रतिनिधिले पहिलो पटक मदिरा सेवन गरेमा २० हजार र दोस्रो पटक भेटिएमा ४० हजार रुपैयाँ जरिवाना तिराइने छ। यस्तै गाउँपालिकामा कार्यरत सरकारी तथा गैरसरकारी संस्थाका कर्मचारीले मदिरा सेवन गरेको पाइएमा पहिलो पटक भए १५ हजार र दोस्रो पटक पनि मदिरा सेवन गरे भविस्यमा स्थानीय सेवाबाट अयोग्य ठहर्ने गरी वर्खास्त गर्ने निर्णय गाउँपालिकाले गरेको छ।

सर्वसाधारणले सेवन गरेमा पहिलो पटक ६ हजार र पुनः भेटिएमा दोब्बर जरिवाना र त्यसपछि पनि भेटिएमा गाउँपालिका तथा वडाका कुनै पनि समितिमा नराख्ने र सबैखाले सेवा कटौती गरिने मदिरा नियन्त्रण नियमन निर्देशक समितिका संयोजक तथा वडा अध्यक्ष भरत शाहीले बताए।

मदिरा नियन्त्रणका लागि गाउँपालिकामा नेपाल प्रहरी र आमा समूहसहित मदिरा नियन्त्रण समितिमा ११ जनाको कार्यदल सक्रिय छ। मदिरा सेवन गर्ने र बिक्रि बितरण रोक्न गाउँपालिकामा प्रवेश गर्ने नाकामा चेकजाँच समेत कार्यदलका सदस्यले गर्ने गरेका छन्। संकलन भएको जरिवानाको रकममध्ये ४० प्रतिशत गाउँपालिकाभित्र रहेका प्रहरीलाई, १५ प्रतिशत सुराकी दिनेलाई र ४५ प्रतिशत कार्यदलको खातमा जम्मा हुने गाउँपालिकाले जनाएको छ। मदिरा सेवनका कारण घरेलुहिंसा बढेको, युवाहरु कुलतमा फसेको र सामाजिक सुरक्षामा नै समस्या देखिएपछि गाउँपालिकाले मदिरा नियन्त्रण अभियान थालेको हो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.