नक्कली लाइसेन्स प्रकरणमा इन्जिनियर अर्याल पक्राउ

नक्कली लाइसेन्स प्रकरणमा इन्जिनियर अर्याल पक्राउ
सुन्नुहोस्

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कम्प्युटर इन्जिनियर सुरज प्रकाश अर्याल पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी)ले उनलाई पक्राउ गरेको हो । अर्याललाई शनिबार राति अनुसन्धानको क्रममा पक्राउ गरेको सीआईबी स्रोतले जनाएको छ।

स्रोतका अनुसार उनी  नक्कली लाइसेन्स प्रकरणमा पक्राउ परेका हुन् । उनी सूचना प्रविधि विभागबाट हालै तीन महिनाका लागि अख्तियारमा सरुवा भएका थिए।  यसअघि शनिबार यातायात व्यवस्था विभागमा करारमा कार्यरत कम्प्युटर इन्जिनियर हरिश भट्ट पक्राउ थिए । भट्ट पक्राउ परेलगत्तै अर्याल पक्राउ परेका हुन्। सीआईबी स्रोतले नक्कली लाइसेन्स वितरणबारे  थप अनुसन्धान गर्न अर्यालललाई पक्राउ गरेको पुष्टि गरेको छ।

विभागको छानबिनबाट विगत १० वर्षमा एक लाखभन्दा बढी लाइसेन्स अनियमित तरिकाले वितरण गरिएको पाइएको छ ।  पछिल्लो १० वर्षमा ३५ वटा यातायात कार्यालयबाट १ लाख २ हजार सेवाग्राहीले लिखित परीक्षा र ट्रायल नदिइकनै लाइसेन्स लिएको देखिएपछि विभागले छानबिन गरेको थियो । 

सवारी तथा यातायात व्यवस्था ऐन तथा नियमावलीमा भएको कानुनी व्यवस्था पूरा नगरी गलत तरिकाबाट ‘इलेक्ट्रोनिक ड्राइभिङ लाइसेन्स सिस्टम’मा चलखेल गरी लाइसेन्स जारी भएको पाइएपछि यातायात व्यवस्था विभागका आइटी प्रमुख मुकेश रेग्मीको संयोजकत्वमा छानबिन गरिएको थियो । 

सीआइबीको नियन्त्रणमा रहेका भट्ट यसअघि २०७१ सालमा पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको फन्दामा परेका थिए ।  भट्ट लामो समयदेखि विभागका लाइसेन्स प्रिन्ट गर्ने शाखामा १२ वर्षदेखि करारमा कार्यरत थिए । 


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.