मोटरसाइकल चोरेर भारत भाग्दै गरेका दुई युवक पक्राउ

मोटरसाइकल चोरेर भारत भाग्दै गरेका दुई युवक पक्राउ
सुन्नुहोस्

वीरगन्ज : वीरगन्जबाट प्रहरीले चोरीको मोटरसाइकल लिएर भारत भाग्दै गरेका दुई जना चोरलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका वडा नम्बर २ छपकैयाका २० वर्षीय शेख गुफरान र शेख असरफ छन्। 

प्रहरीका अनुसार गत मंगलबार छपकैयाका अब्दूल कौशर आलमले ना६प ५४७५ नम्बरको मोटरसाइकल आफ्नै घरको आँगनमा पार्किङ गरेर राखेको अवस्थामा चोरी भएको थियो। चोरी भएको उक्त मोटरसाइकल वडा प्रहरी कार्यालय वीर्ताले खोजी गर्ने क्रममा शुक्रबार शेखद्वयले चोरीको मोटरसाइकल लिएर वीरगन्ज-रक्सौल नाकाको मितेरी पुल हुँदै भारत जाँदै गरेको अवस्थामा फेला पारेर नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक पुष्कर बोगटीले जानकारी दिए। 

चोरीको मोटरसाइकलसहित उनीहरूको साथबाट विभिन्न स्थानबाट चोरी गरिएका इरिक्साको चार्जर १ थान, त्यसमा लाग्ने क्वायल रोल २ थान, टावर लाइटको ब्याट्री राख्ने फलामको बाकस १ थान र ब्याट्रीको खोल १० थान पनि बरामद गरिएको बोगटीले जानकारी दिए। 

चोरीको मोटरसाइकल र ती सामानसहित पक्राउ गरिएका दुवै जनालाई वडा प्रहरी कार्यालय वीर्ताको हिरासतमा राखेर अथप अनुसन्धान भइरहेको बोगटीले जानकारी दिए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.