उत्पादन बढाउन सहकारी एकीकरण

उत्पादन बढाउन सहकारी एकीकरण

काठमाडौं : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले सहकारीमा सुशासनका निम्ति एकीकरण अपरीहार्य भएको बताएकी छन्।

९७औं अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसरमा शनिबार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, राष्ट्रिय सहकारी महासंघ र यूएनडीपले संयुक्त रूपमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै सहकारी एकीकरणको विकल्प नभएको बताइन्। सुशासन, उत्पादन वृद्धि, कृषिको रूपान्तरणका लागि सहकारीलाई एकीकरण गर्नुपर्नेमा उनले जोड दिइन्।

सहकारीले उद्यमशिलता विकास गर्न नसकेको उनको भनाइ छ। ‘सहकारीको काम जागरण मात्र होइन उद्यमशीलता र उत्पादनमा जानुको विकल्प छैन’, उनले भनिन्। सहकारीमा युवा तथा महिला सहभागीता बढाउन आवश्यक भएको उनको भनाइ छ। मर्यादित कामका लागि सहकारी भन्ने थिमका साथ ९७औं अन्तर्राष्ट्रिय सहकारी दिवस मनाइएको हो। प्रत्येक वर्षको जुलाई महिनाको पहिलो शनिबार विश्वभरि नै अन्तर्राष्ट्रिय सहकारी दिवस मनाइन्छ।

यूएनडीपीका आवासीय प्रतिनिधि आइसियानीलावेले दिगो विकास लक्ष्य प्राप्तिमा सहकारीले महŒवपूर्ण योगदान दिने बताए। नेपालमा यूएनडीपीले ५ सयभन्दा बढी सहकारी र विभिन्न मन्त्रालयसँग सहकार्य गरेर स्थानीय तहमा काम गरिरहेको बताइन्। उनले सहकारी अर्थतन्त्रको मुख्य आधार भएको भन्दै सहकारीलाई महŒव दिएको नेपालको संविधानले विश्वका लागि उदाहरणीय भएको बताइन्।

राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशव बडालले मर्यादित काम सिर्जना गर्न सहकारीले युद्धस्तरमा काम गरेको र आगामी दिनमा अझ सक्रिय भएर काम गर्ने बताए। योजना आयोगका सदस्य दिलबहादुर गुरुङले सहकारी नेपालको स्थानीय अर्थतन्त्रको मूल आधार रहेको बताए। १५औं योजनाको अवधारणपत्रमा समृद्ध नेपाल सुखी नेपालीका लागि मापन गर्ने आधारसमेत तयार गरिएको उनले बताए। समृद्ध मुलुक निर्माणमा सहकारीको योगदान महŒवपूर्ण हुने उनको भनाइ छ। १२ वटा सूचकमार्फत समृद्धको मापन गर्ने र सुखी नेपालको मापन ६ वटा लक्ष्य र २४ वटा सूचकबाट मापन गरिने उनको भनाइ छ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गोपीनाथ मैनालीले मर्यादित समाज निर्माण गर्न सहकारीको भूमिका महŒवपूर्ण रहेको बताए। मर्यादित कार्यव्यवहार, परिवेश, पुँजी प्रविधि सिर्जनामा सहकारीले काम गर्न नसकेको उनको भनाइ छ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयकी सहसचिव चन्द्रकला पौडेलले मर्यादित कामका लागि सहकारी विषयक कार्यपत्र प्रस्तुत गरेकी थिइन्।

उत्कृष्ट सहकारी पुरस्कृत

अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसरमा राष्ट्रिय सहकारी महासंघले सातै प्रदेशका उत्कृष्ट सहकारी संस्थालाई पुरस्कृत गरेको छ। उत्कृष्ट सहकारी व्यवसाय पुरस्कारबाट प्रदेश १ मा झापाको शुभलक्ष्मी सहकारी संस्था, प्रदेश २ बाट सर्लाहीको मनोकामना बहुउद्देश्यीय सहकारी संस्थालाई सम्मान गरेको हो।

प्रदेश ३ बाट ललितपुरको श्री लालिगुराँस बुहउद्देश्यीय सहकारी संस्था, गण्डकी प्रदेशबाट बागलुङको आदर्श सञ्चार सहकारी संस्था पुरस्कृत भए।

प्रदेश ५ बाट रूपन्देही सामूहिक विकास साकोस, कर्णाली प्रदेशबाट सुर्खेतको साना किसान कृषि सहकारी संस्था र सुदूरपश्चिम प्रदेशबाट कैलालीका किसान बहुउद्देश्यीय सहकारी संस्थालाई नगद २० हजार पुरस्कारसहित सम्मान गरिएको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.