पार्टीको कार्यक्रममा सहभागी भएका शिक्षकको तस्बिर पालिकामा पठाइँदै

पार्टीको कार्यक्रममा सहभागी भएका शिक्षकको तस्बिर पालिकामा पठाइँदै
सुन्नुहोस्

परासी : राजनीतिक दलहरूले आयोजना गर्ने कार्यक्रममा सहभागी भएका नवलपरासीका शिक्षकहरूको तस्बिर खिचेर सम्बन्धित पालिकामा पठाउन थालिएको छ। राजनीतिक दलमा आवद्ध सामुदायिक विद्यालयका शिक्षक र कर्मचारीहरूलाई कारबाही हुने भएपछि केही व्यक्तिहरूले दलका कार्यक्रममा सहभागी भएका शिक्षकहरूको तस्बिर पठाउन थालेको पालिकाका शिक्षा शाखाहरूले जनाएका छन्।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रको पत्रअनुसार शिक्षा विकास तथा समन्वय इकाईले जिल्लाका सबै सामुदायिक विद्यालय र स्थानीय तहलाई पत्राचार गर्दै सामुदायिक विद्यालयमा कार्यरत शिक्षक र कर्मचारीहरू राजनीतिक दलमा आवद्ध भई कार्यकारी सदस्य रहेको पाइएमा पदबाट हटाउन भनेको छ।

पत्राचारपछि पनि केही शिक्षकहरू राजनीतिक दलहरूले आयोजना गरेका कार्यक्रममा सहभागी भएको भन्दै त्यस्ता शिक्षकहरूको तस्बिर खिचेर पठाउन थालेको पालिकाका एक अधिकृतले बताएका छन्। तस्बिर पठाउनेमा केही शिक्षक नै छन् भने केही स्थानीय छन्। 

‘पठाइएका तस्बिरहरू सार्वजनिक नगरौं, उनीहरूलाई एक पटक स्पष्टिकरण सोध्छौं। संलग्न भएको पाइए कारबाही प्रक्रिया अघि बढाउँछौं,’ एक अधिकृतले भने। जिल्लाका धेरैजसो शिक्षकहरूले दलको सदस्यता लिएका छन्। केही कार्यकारी पदमा पनि रहेको जानकारी आएको शिक्षा शाखाका अधिकृतहरूले बताएका छन्। 

केही पालिकामा शिक्षकहरू कार्यकारी पदमा रहेको भन्ने जानकारी आएको र त्यस्ता शिक्षकहरूलाई पार्टीको पदबाट राजीनामा स्वीकृत गरेको पत्र पेश गर्न भनिएको शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख पूर्णबहादुर विश्वकर्माले बताए। ‘एकै पटक पदबाट हटाइहाल्नुभन्दा व्यवहारिक रुपमा सम्बन्धित पालिकाका शिक्षा शाखामा गएर राजीनामा स्वीकृत पत्र पेश गर्न भनेका छौं। पेश नगरे शिक्षा ऐन र नियमावलीअनुसार पदबाट हटाइने छ’, उनले भने। जिल्लामा कुल ३३० सामुदायिक विद्यालय छन्। जसमा १ हजार २५१ शिक्षकले अध्यापन गराउँदै आएको शिक्षा समन्वय इकाईले जनाएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.