लोकमणि पौडेलको उपन्यास 'अग्‍निदहन' बजारमा

लोकमणि पौडेलको उपन्यास 'अग्‍निदहन' बजारमा

काठमाडौं : कथाकार एवं पत्रकार लोकमणि पौडेलद्वारा लिखित 'अग्‍निदहन' उपन्यास बजारमा आएको छ। शनिबार काठमाडौंमा भएको कार्यक्रममा पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीसहितले उपन्यास विमोचन गरे।

वरिष्ठ साहित्यकार तथा भाषाशास्त्री प्रा.डा. माधवप्रसाद पोखरेलले उपन्यासले वैज्ञानिक ढंगबाट सामाजिक रुपान्तरणको संकल्प बोकेको बताए।

पूर्व समाजकल्याण मन्त्री जाकिर हुसेनले लेखकको लेखनशैलीबाट आफू प्रभावित भएको बताउँदै यो उपन्यास मनोरञ्जक सँगसँगै उद्देश्यपूर्ण भएकाले साहित्यका क्षेत्रमा नयाँ कोशे ढुंगो सावित हुने बताए।

पुस्तकको प्रकाशन संस्था गोरखा पब्लिकेशन्सका सल्लाहकार वरिष्ठ इञ्जिनियर रामबाबु शर्माले उपन्यासलाई स्कुल तथा कलेजको पाठ्यपुस्तकमा सन्दर्भ ग्रन्थका रुपमा समावेश गर्नुपर्ने बताए।

लेखक लोकमणि पौडेलले समाजका घटनाहरूको नजिकबाट अध्ययन गरेर पाँच वर्षमा उपन्यास तयार पारेको बताए। उपन्यासमा वर्णन गरिएका घटना सत्य हुँदाहुँदै पनि पात्रहरूको नामलाई परिवर्तन गरेर निजी जीवनलाई खलल नपुर्‍याउने चेष्टा गरेको बताए। उपन्यासमा २०६७ सालदेखि २०७२ सालसम्मका घटना समावेश छन्।

१७६ पृष्ठको उक्त उपन्यासको मूल्य ३२५ रुपैयाँ राखिएको छ। कार्यक्रमको सभापतित्व वरिष्ठ साहित्यकार तथा भाषाशास्त्री मुकुन्दशरण उपाध्यायले गरेका थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.