तथ्य पुष्टि गर्न पत्रकार काफ्लेको चुनौती

साइबर ब्युरो, प्रेस काउन्सिल र पत्रकार महासंघमा उजुरी- त्यो न मैले बोलेको हो, न मेरो बोली नै हो

साइबर ब्युरो, प्रेस काउन्सिल र पत्रकार महासंघमा उजुरी- त्यो न मैले बोलेको हो, न मेरो बोली नै हो
सुन्नुहोस्

काठमाडौं : अन्नपूर्ण पोस्ट्का विशेष संवाददाता सुरेन्द्र काफ्लेले तथ्यगत आधार र प्रमाणबिना चरित्रहत्या गर्ने उद्देश्यले सिधाकुरा डटकमले प्रसारण गरेको सामग्रीको तथ्य पुष्टि गर्न प्रसारकलाई चुनौती दिँदै कारबाहीका लागि विभिन्न निकायमा उजुरी गरेका छन्। 

सिधाकुरा डटकमले एक्सक्लुसिभ भन्दै ‘४ सय बढी भ्रष्टाचरका मुद्दा ढिसमिस गराउन सर्वोच्चका न्यायाधीश सहभागी बैठकको स्टीङ अपरेशन, कैलाश सिरोहिया र क्याप्टेन रामेश्वर थापा पनि जोडिए’ शीर्षकमा अतिरञ्जित सामग्री शुक्रबार बिहान प्रसारण गरेको थियो। त्यसमा काफ्लेले बोलेको भन्दै कृत्रिम अडियोसमेत प्रयोग गरिएको थियो। 

‘त्यो न मैले बोलेको हो। न मेरो बोली नै हो’, उनले उजुरीमा भनेका छन्, ‘मेरो नाममा नाटकीय अडियो तयार पारी चरित्रहत्या र गालीबेइज्जती गरिएकाले दोषीलाई हदैसम्म कारबाही होस्।’ 

काफ्लेले नेपाल प्रहरीको साइबर ब्युरो, प्रेस काउन्सिल नेपाल र नेपाल पत्रकार महासंघमा उजुरी गर्दै भनेका छन्, ‘पत्रकारिताको मूल्य, मान्यता र आचार संहिताको ठाडो उल्लंघन गर्दै मेरो नाम जोडेर चरित्र हत्या गरी मान प्रतिष्ठामा आघात पुर्‍याएकाले छानविन गरी यसमा संलग्नलाई अविलम्ब कारबाहीका लागि यो निवेदन पेस गरेको छु।’

उनले आफू पत्रकारिताको निष्ठा, मूल्य मान्यता र आचार संहितामा रहेर दुई दशकभन्दा लामो समयदेखि सञ्चारकर्ममा संलग्न रहेको उल्लेख गर्दै भनेका छन्, ‘ममाथिको आरोप पुष्टि गर्न चुनौती दिन चाहन्छु। मैले भन्दै नभनेको र बोल्दै नबोलेको अवस्थामा कपोलकल्पित ढंगले भ्रमपूर्ण तवरमा फेक अडियो निर्माण गरिएको छ।’ उनले साइबर ब्युरोलाई यसको प्राविधिक परीक्षण गरी सत्य तथ्य पहिल्याउन आग्रहसमेत गरेका छन्। 

उनले यसबाट आफ्नो इज्जत प्रतिष्ठामा क्षति पुगेको उल्लेख गर्दै दण्डका लागि नेपाल सरकारका सम्बन्धित निकायमार्फत दोषीसँग लडिरहने उद्‍घोष गरेका छन्। उक्त निराधार, भ्रमपूर्ण सामग्रीमाथि अविलम्ब प्रतिबन्ध लगाई सम्बन्धितमाथि छानविन गरी हदैसम्म कारबाही गर्न उनले माग पनि गरेका छन्। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.