बाढीमा जलविद्युत आयोजनाका दुई कामदार बेपत्ता

बाढीमा जलविद्युत आयोजनाका दुई कामदार बेपत्ता

बाह्रबिसे (सिन्धुपाल्चोक) : शनिबार रातिको अविरल वर्षाका कारण चाकुखोलामा आएको बाढीले जलविद्युत आयोजनाका दुई कामदार बेपत्ता भएका छन्। बाढीले अरनिको राजमार्गको चाकुस्थित शिवश्री हाइड्रेपावरमा कार्यरत दुई कामदार बेपत्ता भएका हुन्।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार आयोजनामा कार्यरत बाराका रामऔतार चौधरी र सुनसरीका यादव काफ्ले बेपत्ता छन्। बाढीले बगाएर चौधरी र काफ्ले बेपत्ता भएको हुनसक्ने प्रहरीको अनुमान छ।

बेपत्ताको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक माधवराज काफ्लेले जानकारी दिए। नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीले बेपत्ताको खोजी गरिरहेका छन्। काफ्लेका अनुसार बाढीमा घाइते भएका पेम्बा थोकेल शेर्पा र कामी तामाङलाई उपचारका लागि हेलिकोप्टरबाट काठमाडौं पठाइएको छ।

बाढीले निर्माणाधीन १०२ मेगावाटको मध्यभोटेकोसी,  ४५ मेगावाटको माथिल्लो भोटेकोसी, लाफिङबुद्ध र शिवश्री हाइड्रो पावरमा क्षति पुर्‍याएको छ।

क्षतिको पूरा विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ। बाढीपछि स्थानीयको भागदौड मच्चिएको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.