भिडियो नखिच्नु भन्दा प्रहरीबाटै कुटिए सिन्धुलीका पत्रकार

भिडियो नखिच्नु भन्दा प्रहरीबाटै कुटिए सिन्धुलीका पत्रकार

सिन्धुली : नेपाल पत्रकार महासंघ सिन्धुलीका अध्यक्ष होमकुमार कार्की (राजन) र पूर्व अध्यक्ष मिनकुमार दाहालमाथि निर्घात कुटपिट भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका- ६ शिवनगरचोकमा शनिबार राति करिब ९ बजे जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा कार्यरत दुई प्रहरीले निर्घात कुटपिट गर्दा कार्की र दाहाल गम्भीर घाइते भएका छन्। 

शिवनगरको शिवनगर खाजा घरमा खाना खान गएका कार्की र दाहालमाथि काभ्रे जिल्ला खावा गाउँपालिका ६ घर भई जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा कार्यरत प्रहरी हवल्दार सलामसिंह लामा र प्रहरी जवान विकास स्याङ्तानले कुटपीट गरेका हुन्।

गम्भीर घाइते कार्कीको सिन्धुली अस्पतालमा उपचार सम्भव नभएपछि काठमाडौंस्थित अन्नपूर्ण न्युरो अस्पतालमा उपचार भई रहेको छ भने दाहालको सिन्धुली अस्पतालमा उपचार गरिएको छ। कार्की र दाहाल खाना खाइरहेको अवस्थामा लागुपदार्थ र मादक पदार्थ सेवन गरी होटलमा प्रवेश गरेका प्रहरी हवल्दार लामा र प्रहरी जवान स्याङ्तानले एक्‍कासी भिडियो खिच्न थालेपछि अनावश्यक भिडियो नखिच्न आग्रह गर्दा एक्कासी वियरको बोतलले टाउकोमा हानी आक्रमण गरेको घाइते दाहालले बताए। 

'हामी पनि कर्मचारी हौं तपाईहरु पनि कर्मचारी हो भन्दै प्रहरीको हवल्दार लामाले  भिडियो खिच्दा के हुन्छ भन्दै जबरजस्त भिडियो खिचेपछि आफूहरुले विनाजानकारी अनावश्यक भिडियो नखिच्न भन्दा भकाभक कुटपिट गरे,' दाहालले भने।

प्रहरी दुबैलाई आफूले चिन्दै नचिनेको दाहालको भनाई छ। उनीहरु साधा पोशाकमा भएकाले ज्यान बचाउन प्रहरी प्रमुख चक्रबहादुर सिंहलाई फोन गरेपछि आएको प्रहरीले आफ्नै युनिटमा कार्यरत प्रहरी भनेपछि थाहा पाएको उनको भनाई छ। 

होटल भित्रबाट कुटपिट गर्दै बाहिर ल्याएर इट्टा, ढुंगा, हेलमेट र वियरको बोटतले हानेको उनको भनाई छ। कार्की र दाहालको शरिर भरी चोटपटक छ। घट्नापछि बिहोस भएका कार्कीलाई शनिबार राति नै काठमाडौं लगिएको हो।उता पत्रकार महासंघ सिन्धुलीका अध्यक्ष र पूर्व अध्यक्षमाथि भएको निर्घात कुटपिटको विषयलाई लियर सिन्धुलीका पत्रकार आन्दोलित भएका छन्। उनीहरुले आइतबार बिहान एक विज्ञप्ति जारी गर्दै दोसीमाथि कडा कारबाहीको माग गर्दै पत्रकारको पूर्ण सुरक्षाको ग्यारेन्टी गर्न माग गरेका छन् । पत्रकारले जिल्ला प्रसाशन कार्यालय सिन्धुलीमा धर्ना दिने कार्यक्रम पनि तय गरेका छन्। 

उता घटनापछि कुटपिटमा संलग्न दुबै प्रहरीलाई जिल्ला प्रहरी कार्यालय सिन्धुलीले नियन्त्रणमा लिएर हिरासतमा राखेको छ । घटनाबारे अनुसनधान भइरहेको भन्दै दोसीलाई हदैसम्मको कारबाही गरिने प्रहरी प्रमुख चक्रबहादुर सिंघले जानकारी दिएका छन्।कुटपिटबाट सख्त घाइते कार्की रेडियो सहाराका प्रबन्ध निर्देशक तथा दाहाल नेपाल टेलिभिनमा समेत कार्यरत छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.