अन्तर्राष्ट्रिय संस्थाको नेतृत्व छोडेर साझा पार्टीमा

अन्तर्राष्ट्रिय संस्थाको नेतृत्व छोडेर साझा पार्टीमा

काठमाडौं : विश्व परामर्शदातृ संस्था क्युइडि ग्रुपको एसिया क्षेत्रका निर्देशक डा.सिद्धि अर्यालले सो पदबाट राजीनामा दिएर साझा पार्टीको केन्द्रीय सदस्यका रूपमा आवद्ध भएका छन्।अमेरिकाबाट अन्तराष्ट्रिय स्वास्थ्यमा स्नातकोत्तर तथा विश्व स्वास्थ पद्धति विकासमा विद्यावारिधि गरेका अर्यालले विगत १८ वर्षदेखि विभिन्न अन्तराष्ट्रिय संगठनहरूमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका थिए।

क्युइडि ग्रुपका निर्देशक हुनुअघि उनी मलेरिया कन्सोर्टियमका एसिया निर्देशक, युएनडिपि/युएनएड्सका एसिया क्षेत्रका सल्लाहाकार पनि रहिसकेका छन्। अर्याल पछिल्ला केही वर्षदेखि म्यानमारलाई आधार बनाएर कार्यरत थिए।

'मैले एउटा इमानदार मध्यम वर्गीय परिवारबाट उठेर हालसम्म जे पाएँ, त्यो धेरै पाएँ। मलाई लाग्यो, नेपालको जुन अवस्था छ, अब म चुप लागेर बस्नु हुँदैन। त्यसका लागि नेपालीहरूले बढ्दोरूपमा आशा र विश्वास गरिरेहका साझा पार्टी निर्माणमा सहभागि हुनुबाहेक अर्को विकल्प थिएन', साझामा आवद्ध भएपछि अर्यालले भने,'म अब मेरो वुद्धि, विवेक र इमानदारीले भ्याएसम्म साझा पार्टीको निर्माण र त्यसमार्फत नेपालको रूपान्तरणमा सरिक हुनेछु।'

त्यस्तै अर्याललाई पार्टीमा भित्र्याउँदै साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले आफूहरुलाई एकै पुस्तामा नेपालको रूपान्तरण गर्न सबै नेपालीहरूको साथ र सहयोगको खाँचो रहेकाे बताए। 'सिद्धी अर्यालजस्ता क्षमतावान् र स्वदेश तथा विदेशको व्यापक अनुभव संगालेका नेपालीले प्रतिष्ठित अन्तराष्ट्रिय जागिर छोडेर पार्टी निर्माणमा सहभागि हुनुले हामीलाई हाम्रो लक्ष्यमा पुग्न बलियो संकेत प्रदान गरेको छ' उनले भने।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.