एसईई पुरक परीक्षा सर्यो
काठमाडौं : माध्यमिक शिक्षा परीक्षा (एसईई) को ग्रेड वृद्धि परीक्षा सरेको छ। कक्षा १० मा नियमित समूहबाट सहभागी भइ सी वा सी भन्दा तल्लो ग्रेड ल्याएका परीक्षार्थीले पुन: परीक्षा दिन पाउनेछन्।
राष्ट्रिय परीक्षा बोर्डका अनुसार अब परीक्षा आगामी भदौ एक गतेबाट सञ्चालन हुने परीक्षा भदौ ११ गतेसम्म सञ्चालन हुने जनाएको छ।
उक्त परीक्षा यसअघि साउन २७ गतेदेखि सञ्चालन गर्ने तालिका बोर्डले सार्वजनिक गरेको थियो । परीक्षामा सहभागी हुन चाहने परीक्षार्थीले साउन १० गतेभित्रमा सम्बन्धित जिल्लाको शिक्षा विकास तथा समन्वय इकाइमा आवेदन दिनसक्ने बोर्डले जनाएको छ।
अधिकतम दुई विषयमा सी वा सो भन्दा तल्लो ग्रेड ल्याएका र ग्रेड समेत उल्लेख नभएका परीक्षार्थीले यो परीक्षामा सहभागी हुन पाउनेछन्। दुई भन्दा बढी विषयमा अनुपस्थित भएका वा कम ग्रेड ल्याएका परीक्षार्थीले अर्को वार्षिक परीक्षामा सहभागी हुन पाउनेछन् । एसईई नतिजा असार १२ गते सार्वजनिक भएको थियो।