९ वर्षमै उपेन्द्र र अशोकको बिछोड

९ वर्षमै उपेन्द्र र अशोकको बिछोड
सुन्नुहोस्

काठमाडौं : पार्टी एकता भएको ९ वर्षपछि उपेन्द्र यादव र अशोक राईले छुट्टाछुट्टै पार्टीको नेतृत्व गर्ने भएका छन्। २०७२ जेठ ३२ गते यादव नेतृत्वको मधेसी जनअधिकार फोरम नेपाल र अशोक राई नेतृत्वको संघीय समाजवादी पार्टीबीच पार्टी एकता भएको थियो। 

एकतापछि नयाँ पार्टीको नाम संघीय समाजवादी फोरम, नेपाल राखिएको थियो। पार्टीका अध्यक्ष थिए, यादव अनि वरिष्ठ नेता थिए राई। समयक्रमसंगै हाल यादव नेतृत्वको पार्टीको नाम जनता समाजवादी पार्टी नेपाल(जसपा) छ। यादव र राईबीच वर्तमान सरकारमा रहने वा नरहने बीच विवाद चर्किदा जसपा नेपाल दोस्रो पटक फुटेको हो। असन्तुष्ट पार्टीका वरिष्ठ नेता राईको समूहले पार्टी फुटाएका हुन्। हाल संघीय संसदमा १२ जना सांसद छन्। राईले ९ जना सांसद्सहित जसपा नेपाल फुटाएका हुन्।

असन्तुष्ट राई समूहले आइतबार नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन्। नयाँ दलको नाम जनता समाजवादी पार्टी(जसपा) प्रस्ताव गरिएको छ।null

उपेन्द्र यादवको कार्यशैलीका कारण पार्टी फुटेको राई पक्षका नेता प्रदीप यादवको दाबी छ। ‘यादवको कार्यशैली ठिक छैन। सच्याउन बारम्बार आग्रह गर्दापनि अटेर उहाँले अटेर गर्नु भयो’, नेता यादले अन्नपूर्णसँग भने, ‘त्यसैले जसपा फुटाएर नयाँ दल दर्ता गरेका हौं।’

उपप्रधान तथा स्वास्थ्य मन्त्रीसमेत रहेका यादवले पुष्पकमल दाहाल‘प्रचण्ड’ नेतृत्वको सरकार ढाल्न विपक्षीसँग लागेको भन्दै पार्टी फुटाएको राई पक्षका अर्का नेता नवल किशोर साहले बताएका छन्।

यता जनता समाजवादी पार्टी नेपालका प्रवक्ता मनिष सुमनले उपेन्द्र यादव नेतृत्वको पार्टी न फुटेको दावी गरे। उनले भने, ‘केही साथीहरु छुटिएर गएका मात्रै हुन्। पार्टी पंक्ति उपेन्द्र यादवजी सँगै छन्।’ उनले जारी सत्ता गठबन्धन पाँच वर्ष नै टिक्ने उल्लेख गरे। पार्टी फुटेको बेला पार्टी अध्यक्ष अमेरिका छन्।

यस अघि जसपा नेपाल २०७८ भदौ २ गतेमा फुटेको थियो।  यादव नेतृत्वको जनता समाजवादी पार्टीबाट अलग भएर अर्का पक्ष महन्थ ठाकुरले लोकतान्त्रिक पार्टी(लोसपा)गठन गरेका थिए। मधेशी दलहरुलाई तत्कालीन प्रधानमन्त्री केपी ओलीले फुटाउन लागेको भन्दै २०७७ बैशाख १० गते उपेन्द्र यादव नेतृत्वको समाजवादी पार्टी नेपाल र महन्थ ठाकुरसहितका राष्ट्रिय जनता पार्टी (राजपा) बीच पार्टी एकता भएको थियो। त्यसपछि पार्टीको नाम  जनता समाजवादी पार्टी, नेपाल राखिएको थियो।

कार्यकर्ता व्यवस्थापनमा पार्टी अध्यक्ष यादव र अर्का वरिष्ठ नेता ठाकुरबीच विवाद चर्किएको थियो। त्यो विवादले जसपा नेपाल पहिलो पटक फुटेको थियो।  ठाकुरले छोडेको तीन वर्ष नबित्दै राई पनि त्यही बाटो रोजेका छन्।

राष्ट्रिय महाधिवेशन नजिक आइरहेको समयमा जनता समाजवादी पार्टी नेपाल विभाजित भएको छ।  जेठ २७, २८ र २९ गते पार्टीको महाधिवेशन तोकिएको थियो।  
 

यो पनि पढ्नुहोस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.