मुस्ताङमा राष्ट्रपति रनिङ शिल्ड सुरु

मुस्ताङमा राष्ट्रपति रनिङ शिल्ड सुरु

मुस्ताङ : मुस्ताङको जोमसोममा आइतबारदेखि छैटौं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। जिल्ला खेलकुद विकास समिति मुस्ताङको आयोजनामा भएको प्रतियोगिता जिल्ला प्रहरी कार्यालय परिसर र जोमसोम कभर्ड हलको खेल मैदानमा सञ्चालन भएको हो।

मुस्ताङका ५ स्थानीय तहमध्ये घरपझोङ गाउँपालिका, थासाङ गाउँपालिका र वारागुङ मुक्तिक्षेत्र गाउँपालिका गरी ३ स्थानीय तह प्रतियोगितामा सहभागी भएका छन्। उपल्लो मुस्ताङको २ स्थानीय तहले तयारी नभएको भन्दै प्रतियोगितामा भाग लिएनन्।

प्रतियोगितामा पुरुष र महिला भलिबल,रिले दौड, हाईजम्प, लङजम्प, त्रिपल जम्प र जाबलिङ थ्रो संचालन हुने जिल्ला खेलकुद विकास समितिका सचिव सुमन थकालीले जानकारी दिए।

यसअघि ३ स्थानीय तहले मात्रै पालिकास्तरीय खेल सम्पन्न गरेका थिए। लोघेकर दामोदरकुण्डमा कुनै मा.वि नभएको र लोमान्थाङ गाउँपालिकामा १ मावि भएपनि भौगोलिक दुरीले टाढा रहेकाले प्रतियोगितामा अनुपस्थित रहेको सचिव थकालीको भनाई छ।

जिल्ला स्तरीय अन्तर गाउँपालिकामा छनौट भएका खेलाडीलाई आसन्न पोखरामा हुने क्षेत्रीय राष्ट्रपति रनिङ शिल्डमा सहभागी गराइने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भुपेन्द्र शेरचनले जानकारी दिए।

जिल्ला स्तरीय प्रतियोगिताको गण्डकी प्रदेशका सांसद महेन्द्रबहादुर थकालीले उद्घाटन गरेका हुन्। उनले खेलकुदको विकासले मात्र राष्ट्रको विकास हुने भएकाले प्रदेश सरकारले खेलकुदमा लगानी गरेको बताए।  प्रतियोगिता २ दिनसम्म संञ्चालन हुने छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.