सर्पले टोकेर बालिकाको मृत्यु

सर्पले टोकेर बालिकाको मृत्यु

भद्रपुर : कोठामा सुतिरहेको अवस्थामा विषालु सर्पको टोकाइबाट सात वर्षीया बालिकाको मृत्यु भएको छ।मृत्यु हुनेमा झापा गाउँपालिका ६ स्थित मदरगाछ बजारका बैद्यनाथ गोसाईकी सात वर्षीया छोरी निरुता रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए।प्रहरीका अनुसार आफ्नै घरको कोठामा सुतिरहेकी बालिकालाई आइतबार राति विषालु सर्पले टोकेको थियो।

राति २ बजे छोरीलाई सर्पले टोकेको थाहा पाएपछि बालिकाका बुवाले तत्काल उपचारका लागि कनकाई नगरपालिकास्थित सर्पदंश उपचार केन्द्रमा लगेका थिए।बालिकाको उपचारको क्रममा बिहान ४ बजे मृत्यु भएको डीएसपी श्रेष्ठले जानकारी दिए। 

गर्मीयामको सुरुसँगै झापामा सर्पको बिगबिगी सुरु भएको छ। झापाको कचनकवल गाउँपालिकामा स्थानीयबासीले सर्पदंश उपचार सेवा माग गरेका छन्। झापाका दक्षिण भेगका जनताले सर्पले डसेमा उपचारका लागि टाढा धाउनुपर्ने बाध्यता छ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.