नम्बर थपेर गोल्ड मेडलिस्ट बन्‍ने/बनाउनेविरुद्ध मुद्दा

नम्बर थपेर गोल्ड मेडलिस्ट बन्‍ने/बनाउनेविरुद्ध मुद्दा

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्यार्थीको प्राप्ताङ्क फेरबदल गरी अनियमितता गर्ने त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुका गोप्य शाखाका कर्मचारी रामबहादुर कर्माचार्यसहित तीनजना विरुद्ध मुद्दा दायर गरेको छ।

त्रिविको आंगिक क्याम्पस भक्तपुर बहुमुखी क्याम्पस दूधपाटीमा शिक्षण सहायक (आंशिक) पदमा कार्यरत सुरेन्द्रप्रसाद कोइरालालाई मानविकी संकायतर्फ एमए गोप्य शाखाका कार्यरत कर्माचार्यले अर्थशास्त्रमा गोल्ड मेडिस्टको हकदार बनाएका थिए। कर्माचार्यले त्यसका लागि एक लाख ५० हजार रुपैयाँ लिएको अख्तियारले जनाएको छ। अंक थप गरी उनलाई प्रथम श्रेणीमा प्रथम बनाएर सन् २०१९ को दीक्षान्तमा गोल्ड मेडलिस्टको हकदार बनाइएको थियो।

अर्थशास्त्र, समाजशास्त्र र ग्रामीण विकासका १५ वटा पेपरमा ३ नम्बर देखि ५० नम्बरसम्म गरी कुल २२४ अंक थप गर्न कोइरालाबाट एक लाख ५० हजार रुपैयाँ र केदार भट्टराईले हासिल गरेको अर्थशास्त्रको ५ वटा पेपरमा १०/१० नम्बरका दरले ५० अंक थप गर्न कोइराला मार्फत दिएको तीन लाख गरी ४ लाख ५० हजार कर्माचार्यलाई दिएको अख्तियारको आरोप पत्रमा उल्लेख छ ।

कर्माचार्यले  ग्रामीण विकासमा पनि अंक थप गरी कोइरालालाई प्रथम श्रेणी हासिल गराएका छन् भने अनुपस्थित हुँदा हुदै पनि समाजशास्त्रमा उत्तीर्ण गराएका छन्। अख्तियारले कर्माचार्य, कोइराला र बानेश्वर बहुमुखी क्याम्पसका शाखा अधिकृत केदार भट्टराईविरुद्ध विशेष अदालमा मुद्दा दयार गरेको छ। उनीविरुद्ध भ्रष्टाचार निवारण ऐन बमोजिम कारवाहीको लागि मागदाबी समेत गरिएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.