ब्याजदर घटाउन व्यवसायीको सुझाव : गभर्नर भन्छन्, ‘हामीलाई सहयोग गर्नूस्’
काठमाडौं : उद्योगी÷व्यवसायीहरुले मौद्रिक नीतिमार्फत बैंकको ब्याजदर घटाउन माग गरेका छन् ।
नेपाल राष्ट्र बैंकले सोमवार आयोजना गरेको मौद्रिक नीति विषयक छलफलका क्रममा उद्योगी÷व्यवसायीहरुले बैंकको ब्याज बढी हुँदा उद्योग फस्टाउन नसकेको बताए । बैंकको ब्याजदर महँगो भएकाले उद्योगधन्दा चलाउन समस्या भएको उनीहरुको गुनासो छ । साथै यसलाई घटाउन स्प्रेडदर कम गर्न राष्ट्र बैंकलाई सुझाव दिएका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले स्प्रेड ३ प्रतिशत कायम गर्नुपर्ने बताइन् । बैंकको ब्याज बढी भएका कारण उद्योगी मारमा परेकाले सरकारले उद्योगलाई प्रोत्साहन गर्नुपर्ने उनको भनाइ छ ।
नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष कमलेशकुमार अग्रवालले स्प्रेड साढे तीन प्रतिशत कायम गर्नुपर्ने बताए । उनले साना तथा मझौला उद्योगले ऋण पाउन समस्या रहेको बताएका छन् । २४ वस्तुमा उत्पादनमा आत्मनिर्भर भए पनि बजेटले कपडाबाहेक अरु विषयमा केही नबोले मौद्रिक नीतिले स्पष्ट पार्नुपर्ने उनको भनाइ छ । नेपाल बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले सहुलियत दिए बैंक तथा वित्तीय संस्था मर्जर हुने बताएका छन् । लगानीयोग्य पूँजी कम भएकाले ब्याजदरमा चाप बढेको उनको भनाइ छ ।
यस्तै विकास बैंक संघका अध्यक्ष गोविन्द ढकालले स्प्रेड दर चलाउन नहुने बताए । फाइनान्स कम्पनी संघका अध्यक्ष सरोजकाजी श्रेष्ठले भने कर्जा पूँजी र निक्षेप अनुपात (सिसिडी रेसियो) ८० बाट बढाएर ८५ प्रतिशत पु¥याए मर्जरमा प्रोत्साहन मिल्ने प्रतिक्रिया दिएका थिए । मर्जरलाई प्रोत्साहित गर्दा सहुलियत बढाउनुपर्ने उनको भनाइ थियो ।
हामीलाई सहयोग गर्नूस् : गभर्नर
काठमाडौं ः नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिबी नेपालले बैंक तथा वित्तीय संस्थाको स्थायित्वका लागि ल्याइने नीति कार्यान्वयन गर्न सरोकारवाला सबै निकायलाई सहयोगको आग्रह गरेका छन् ।
बैंक तथा वित्तीय संस्था सूचना प्राविधिमा कमजोर भएको भन्दै मर्जरले त्यसतर्फ सहयोग गर्ने बताए । विगतमा बैंक तथा वित्तीय संस्थालाई असिमित समय दिए पनि अब त्यसो गर्न नसकिने बताए । उनले १० वर्षअघि ५० करोडको पूँजीलाई २ अर्ब पु¥याउन असीमित समय दिँदा कसैले पनि पालना गर्न नसकेको पनि स्मरण गराए ।