प्रदेश १ मा  विषादी परीक्षण

प्रदेश १ मा  विषादी परीक्षण

विराटनगर : प्रदेश १ सरकारले प्रदेश केन्द्रमा नै प्रयोगशाला स्थापना गरेर नाका र बजारमा आयातीत कृषिजन्य बस्तुको परीक्षण सुरु गरेको छ । सोमबारबाट विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला सञ्चालनमा आएको हो । केन्द्रीय कृषि प्रयोगशालाका बरिष्ठ बाली संरक्षण अधिकृत राजीवदास राजभण्डारीले विराटनगरस्थित बाली संरक्षण प्रयोगशालामा कार्यरक्त प्राविधिकलाई तरकारी र फलफुलमा पाइने विषादी परीक्षण बारेमा जानकारी तथा प्रशिक्षण दिइ सकिएको बताए । किसानले उत्पादन गरेको वा कतैबाट आयात गरिएको तरकारी लगायत खाद्यवस्तु खान योग्य वा अयोग्य भएको परीक्षण गर्न प्रयोगशाला स्थापना गरि सञ्चालनमा ल्याएको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ । भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव हस्तबहादुर बिष्टले प्रयोगशाला स्थापना भएसँगै विराटनगरबाट नै तरकारी र फलफुलको विषादी अवशेष द्रूत विश्लेषण प्रयोगशाला मार्फत मापन गर्ने काम सुरु भएको जानकारी दिए ।

प्रयोगशाला करिब २५ लाख रुपैयाँको लागतमा सञ्चालनमा ल्याइएको हो । केही दिन अघिसम्म भारत लगायत अन्य मुलुकबाट आयात हुने तरकारी परीक्षणका लागि झापाको बिर्तामोडमा नै लैजानुपर्ने बाध्यता रहेको थियो । ल्याबमा कार्यरत प्राविधिक सहायक घनश्याम बरालका अनुसार दुई वटा विषादीको समूहको परीक्षण गरिने बताए । उनले कारवामेट विषादीको समूह र अर्गानोफस्पेट विषादीको समूहको परीक्षण गरिने बताए । बजार वा नाकाबाट तरकारी र फलफुलको नमुना ल्याएर विषादीको परीक्षण गर्ने तयारी भएको उनको भनाई छ ।

बरालका अनुसारमा तरकारीमा ५ प्रकारका विषादीका समुह रहने भएता पनि दुई वटाको परीक्षण गरेर उपभोग्य गर्ने योग्य छ की छैन भन्ने तय गरिने छ । तरकारी र फलफुलको नाका तथा बजारबाट ल्याउने नमुनमा ३५ प्रतिशत भन्दा कम विषादीको मात्र पाइए मात्र उपभोग गर्ने सकिने उनले बताए । उनले भने ‘३५ देखि ४५ प्रतिशत विषादीको मात्र पाए केहि दिन प्लाण्ट क्वारेन्टाइनमा राखिने छ ।’

क्वारेन्टाइनमा ५ दिन निगरानीमा राखेर फेरी परीक्षण गरेपछि उपभोग्य गर्ने योग्य भएमात्र बजारमा बिक्री गर्ने दिने नभए नष्ट गर्ने उनले बताए । सो ल्याबमा दैनिक २० देखि ३० वटा तरकारी तथा फलफुलको नमुना परीक्षण गरिने बताइएको छ । प्राविधिक कर्मचारी थपिएर आए दैनिक ७० वटा गर्न सकिने बाली संरक्षण प्रयोगशाला प्रदेश १ को कार्यालय विराटनगरले जनाएको छ । सो प्रयोगशालामा यस अघि वालीमा लाग्ने रोग र किराको परीक्षण गर्नुको साथै जैविक विषादी परीक्षण उत्पादनको काम हुँदै आएको थियो । ६ जना प्राविधिक सहितको १० कर्मचारीको दरबन्दी रहेको सो कार्यालयमा चारजना मात्र प्राविधिक छन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.