घरको पर्खाल भत्किदा बालिकाको मृत्यु

घरको पर्खाल भत्किदा बालिकाको मृत्यु

रोल्पा : अविरल वर्षाका कारण भिजेको घरको पर्खाल भत्किदा रोल्पामा साढे दुई वर्षीय बालिकाको मंगलबार मृत्यु भएको छ।सुनिल स्मृति गाउँपालिका-१ घोडागाउँ पञ्चीकोटकी समीक्षा घर्तीको ज्यान गएको हो।

मृत्यु हुने बालिका जुठे घर्तीको छोरी हुन्। घरभित्रै खेलिरहेकी समीक्षालाई मंगलबार बिहान पर्खाल भत्केर पुरेको थियो। अभिभावक घरबाहिर काममा रहेको बेला यस्तो दुर्घटना भएको हो।

घटनाको खबर पाएलगत्तै खुंग्रीबाट प्रहरीको टोली घटनास्थल पुगेको थियो। केही दिनयता परेको वर्षाले फुसको छानो रहेको घरको पर्खाल भिजेर भत्किएर बालिकाको ज्यान गएको प्रहरीले जनाएको छ।

बालिको मृत्युले परिवार र गाउँले शोकमा डुबेका छन्। आर्थिक अवस्था कमजोर रहेका घर्ती परिवारलाई फुसको छानो हताउन गाउँपालिकाले कर्कट पाता समेत दिएको थियो। खर्च अभावले पाएको टीनले समेत घरको छानो छाउन सकेका थिएनन्। 

गाउँपालिका अध्यक्ष गुणेन्द्र घर्तीसहितको टोली राहत पुर्‍याउन घटनास्थल जाने तयारीमा रहेको प्रेस संयोजक आशिष क्षेत्रीले जनाए। वर्षात्का कारण घटनास्थल जाने ग्रामीण सडक समेत अवरुद्ध हुँदा राहत पुर्‍याउन कठिन भएको छ। घटनास्थल सदरमुकाम लिबाङबाट ८ कोष दक्षिणी भेगमा पर्दछ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.