घुस लिने प्रा.डा.विरुद्ध मुद्दा
काठमाडौं : त्रिभुवन विश्वविद्यालय, विज्ञान तथा प्रविधि अध्ययन संस्थान डिनको कार्यालय कीर्तिपुरका सहायक डिन प्रा.डा.शम्भुप्रसाद पटेलविरुद्ध अख्तियारले मुद्दा दायर भएको छ।
सेवाग्राहीको कलेज संचालन अनुमति रद्द हुन सक्छ भन्दै डर देखाएर घुसलिने पटेलविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको हो।
अख्तियार प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार पटेल ५० हजार घुससहित पक्राउ परेका थिए। पटेलमाथि अनुसन्धान गर्दा रकम लिएको खुलेको अख्तियारको दाबी छ।
अख्तियारले उनीविरुद्ध भ्रष्टाचार निवारण ऐन, बमोजिम सजायको मागदाबी गरेको छ।