कुमार पौडेल हत्या प्रकरण : छानविन प्रतिवेदनमा के छ ?

कुमार पौडेल हत्या प्रकरण : छानविन प्रतिवेदनमा के छ ?

काठमाडौं : सर्लाहीका कुमार पौडेलेको हत्या प्रकरणबारे छानविन गर्न बनेको समितिले प्रहरीलाई फायरिङ गर्ने क्रममा ‘मिस फायर’ हुँदा मृत्यु भएको निष्कर्ष निकालेको छ। विप्लव समूहका सर्लाही इञ्चार्ज पौडेलको मृत्यु प्रकरणबारे छानविन गर्न गृहमन्त्रालयले बनाएको चार सदस्यीय छानविन समितिले यस्तो निष्कर्ष निकालेको हो। पौडेल जनपरिषद्को नाममा सार्वजनिक जग्गा कब्जा गर्ने कार्यमा संलग्न भएको प्रतिवेदनमा उल्लेख छ। 

‘नेकपा विप्लव देशैभर सरकारी सार्वजनिक सम्पत्ति हानिनोक्सानी गर्ने, भौतिक पूर्वाधारमा क्षति पर्‍याउने आगजानी गर्ने, बम विस्फोट, चन्दाको नाममा जबरजस्ती रकम संकलन गर्ने जनप्रतिनिधिलाई राजीनामा गर्न धम्की दिने गर्दै आएको छ। सर्लाहीमा पनि यो गतिविधि भएको पाइयो’, प्रतिवेदनमा भनिएको छ, ‘सार्वजनिक जग्गाको कब्जा गर्ने, कथाकथित जनपरिषद्को नाममा पत्राचार गरेको भन्ने निजहरूको बरामद पर्चा तथा पत्रबाट जानकारी भयो।’ 

प्रहरीको सर्वाधिक खोजीको सूचिमा रहेका पौडेल विध्वंशात्मक गतिविधिमा संलग्न भएको छानविन समितिले जनाएको छ। उनको निगरानीका लागि केन्द्रबाट विशेष प्रहरी फोर्स, केन्द्र र जिल्लास्तरबाट समेत प्रहरी परिचालन गरिएको बताइएको छ। ‘पौडेल लालबन्दीदेखि सिन्धुलीतर्फ जाने क्रममा प्रहरीसँग बाटोमा जम्काभेट भएको र उनीसँगै रहेका अन्य कार्यकर्ताले सुरक्षाकर्मीलाई लक्षित गरी फायरिङ गर्दै जंगलतर्फ भागे। सो क्रममा पौडेलले फायरिङ गर्दा मिस फायर भएको अवस्थामा प्रहरी टोलीको संयुक्त जवाफी कारवाहीमा मुत्यु भएको पुष्टि हुने आएको छ’, प्रतिवेदनमा भनिएको छ। 

संसदको राज्य व्यवस्था तथा सुशासन समितिले एक हप्ताभित्र सत्यतथ्य पत्ता लगाई समितिमा पेश गर्न निर्देशन दिएपछि मन्त्रालयले असार १० गते छानविन समिति बनाएको थियो। समितिले प्रतिवेदन तयार पार्दै राज्य व्यवस्था तथा सुशासन समितिमा बुझाएको छ। यद्यपि उक्त प्रतितिवदेन समितिमा छलफल भएको छैन। 

छानविन समितिले स्थानीय, जनप्रतिनिधिदेखि प्रहरीको भनाइ पनि उल्लेख गरेको छ। जनप्रतिनिधिले छानविन समितिसँग पौडेलले धम्क्याएर चन्दा माग्ने गरेको उल्लेख गरिएको छ। प्रतिवेदनमा पौडेलको आपाराधिक घटनाका पृष्ठभूमिसमेत फेरिस्त लगाइएको छ। 

पौडेलबारे कसले के भने ?
छानविन समितिले स्थानीय, जनप्रतिनिधिदेखि प्रहरीको भनाइ पनि उल्लेख गरेको छ । जनप्रतिनिधिले छानविन समितिसँग पौडेलले धम्क्याएर चन्दा माग्ने गरेको उल्लेख गरिएको छ ।

‘लिखित रूपमा र्नै धम्की दिएका थिए । युद्ध सुरु हुने बित्तिकै पहिलानै गोली मलाई हान्ने धम्की दिन्थे’, वागमती नगरपालिकाका प्रमुख भरत थापाले छानविन टोलीसँग भने, ‘दलाल गुण्डा भन्दै मेरो चरित्र हत्या गरेर विज्ञप्तिसमेत निकालेका छन् ।’

आफ्नो कार्यकक्षको पछाडि भित्तामा बम राखेर पौडेलले आतंक मच्चाएको थापाको दाबी छ । थापाले पौडेलले आफूलाई दिएको धम्कीबारे शीर्ष नेतालाई पनि जानकारी गराएको दाबी गरेका छन् । लालबन्दी ७ का वाडाअध्यक्ष सुरेन्द्र न्यौपानेले पनि आफूलाई पौडेलले चन्दा मागेको छानविन समितिलाई बताएका छन् ।

घटना भएपश्चात पहिला पुगेका नेकपाका स्थानीय नेता कमल बुढाथोकीले मेडइन अमेरिका लेखेको रिभल्व बोकेर हिँडेको पहिलादेखि नै देखेको दाबी गरेका छन् । पौडेलले ठेक्केदार, व्यवसायी र जनप्रतिनिधिसँग चन्दा मागेको भन्दै यसको छानविन गर्नुपर्ने मागसमेत बुढाथोकीको छ ।

सागरनाथ वन परियोजनाका प्रमुख देवशमणि त्रिपाठीले किसानले झाँडी फाँडेर बसेको जग्गामा समेत पौडेलले राजनीति गरेको दाबी गरेका छन् । ‘स्थानीयले झँडी फँडेर केही वर्षदेखि खेती गर्थे’, उनले भने, ‘पछि उनले किसानले पाउनुपर्छ भन्दै राजनीतिक मुद्दा बनाए ।’ पौडेलको नेतृत्वमा वनको ३५ सय हेक्टर क्षेत्र कब्जा भएको र अहिले ८० घरले दुई हजार दुई सय हेक्टर जमिन अतिक्रमण गरेको दाबी गरेका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.