बेनी–जोमसोम सडकको बेलिब्रिज भत्किने अवस्थामा

बेनी–जोमसोम सडकको बेलिब्रिज भत्किने अवस्थामा

बेनी : बेनी–जोमसोम सडक अन्तर्गत म्याग्दीको रघुगंगा गाउँपालिका १ र अन्नपूर्ण गाउँपालिका ७ को सिमानास्थित कालीगण्डकी नदीमाथि रहेको बेलिब्रिज भत्कने अवस्थामा छ।

कालीगण्डकीको कटानका कारण अन्नपूर्ण गाउँपालिका र मुस्ताङ जोड्ने सडक अन्तर्गत पर्ने तिप्ल्याङको बेलिब्रिज जोखिममा परेको हो। कालीगण्डकीले महभिरतर्फको पुलको बिम कटान गरेर भत्काउन थालेको छ।

मेसिनरी पर्खालको बिमको छेउमा सडक भासिएको छ। पक्की मोटरेबल पुल निर्माणका क्रममा गराइएको कालीगण्डकी डाइभर्सनका कारण बेलिब्रिज कटानको चपेटामा परहेको हो।

बेनी–जोमसोम–कोरला सडक आयोजनाका सुपरभाइजर इन्द्रसिङ शेरचनले कटानका कारण पुलको बिम जुनसुकै बेला भत्कीने खतरा भएको बताए। ‘पुलमा जाने सडक साघुरिएकाले दुर्घटनाको जोखिम बढेको छ,’ उनले भने।

सीमा प्रहरी चौकी भुरुङ तातोपानीको प्रहरी टोलीले बुधबार दिउँसो बेलिब्रिजको निरीक्षण गरेर वरपर खतराको चिन्ह राखेको जनाएको छ। चौकीका सई ढकबहादुर हमालले कटानका कारण सडक साघुरिएकाले ठूला र धेरै लोड भएका सवारी वारपार गर्न सावधानी अपनाउन खतराको चिन्ह राखिएको बताए।

पुलको ठेकेदार कम्पनीका ब्यवस्थापक उमेर गर्तौलाले कटान रोक्न ठूला ढुंगा राख्न लागिएको बताए। बेलिब्रिजबाट एक्साभेटर तार्न नसकिएपछि अर्को एक्साभेटर मगाएर काम गर्नुपर्ने भएको उनको भनाई छ।

यसैबीच बेनी–जोमसोम सडक अन्तरगत गलेश्वर स्थित रघुगंगा नदीमाथिको बेलिब्रिज र बस्तीमा कटान नियन्त्रणको काम सुरु भएको छ। पुलको ठेकेदार कम्पनी गजुरमुखी निर्माण सेवाले खोला डाइभर्सन र किनारमा ग्यावीयन पर्खाल निर्माण सुरु गरेको हो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.