मलाई पनि झुक्याइयो, लज्जित छु : प्रधानमन्त्री

मलाई पनि झुक्याइयो, लज्जित छु :  प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले भारतबाट आयात गरिने तरकारी र फलफूलमा विषादी परीक्षणबारे भारतीय दूतावासले पठाएको पत्रबारे आफूलाई पनि झुक्याइएको भन्दै क्षमायाचन गरेका छन्। 'संविधान कार्यान्वयन र प्रशासनिक पुर्नसंरचना' विषयक कार्यशाला गोष्ठीलाई बिहीबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले क्षमा मागेका हुन्।

विषादी प्रकरणमा आफू लज्जित हुनुपरेको प्रधानमन्त्रीले बताए। भारतबाट आएको पत्रको सम्बन्धमा आफूलाई पनि झुक्याएको उनले दाबी गरे। सुरुवातमा आफूलाई दूतावासबाट पत्र आएको छ भन्ने जानकारी नै नभएको बताए।

‘पत्र आएको रहेछ तर मलाई जानकारी दिइएन, यसबाट म लज्जित भएको छु, क्षमायाचना गर्छु,’ उनले भने।

यो विषयलाई गम्भीर रुपमा लिएको भन्दै प्रधानमन्त्रीले अनुसन्धान गर्ने पनि बताए। ‘नियतवस हो वा सामान्य लापरवाही हो,’ उनले भने, ‘त्यसमा म बुझ्दैछु’ ।

उनले नेपालीको जनताको भान्सामा शुद्ध खाना पाक्नुपर्ने बताउँदै सरकारविरुद्ध चलाइएको मिसन पूरा नहुने समेत बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.