मल नपाएपछि किसानले भने- हामीलाई सरकार र प्रकृति दुवैले ठगे

मल नपाएपछि किसानले भने- हामीलाई सरकार र प्रकृति दुवैले ठगे

दाङ : राजपुर गाउँपालिका ३ पदमपुरका किसान रामभजन देव यादवले अनुदानको मलका लागि असार अन्तिम सातासम्म कुरे। दाङमा खेती गर्नु पूर्व हालिने डिएपी मल आएन। धेरै पटक कृषि सामग्री कम्पनीमा पनि धाए। अनुदानको मल नपाउने भएपछि उनले जोखिम मोलेर भारबाट डिएपी मल ल्याएर धान रोपे। 

'बजारमा किन्नुभन्दा भारतमा केही सस्तो होला भनेर भारतबाट मल ल्याएर खेत रोपेको छु,' उनले भने,' यो क्षेत्रका अधिकांश किसानले यसरी नै बर्खे खेती गरिरहेका छौं।' त्यस्तै, गढवाका रामकेशरी चौधरी पनि अनुदानको मल नपाएपछि भारतीय मल ल्याएर खेती गरेको बताए। गुणस्तर कस्तो छ हामीलाई थाहा छैन, तर खेती गर्नलाई मल आवश्यक भएकाले जे जस्तो भएपनि भारत पुगेर मल ल्याएका छौं,' उनले भने, 'सरकारी मल भए गुणस्तरमा ढुक्‍क हुने थियौं, भारतीय मलमा के गुणस्तर खोज्नु।'

राजपुर गाउँपालिका-३ प्रतापपुरका रामबहादुर यादवले रासायनिक मल लिनका धेरै पटक गढवा, लमहीसम्म पुगे पनि मल पाउन नसकेको गुनासो गरे। 'धेरै पटक मल लिन गइयो तर रितो हात फर्कनु पर्‍यो,' यादवले भने, 'त्यसपछि भारतबाट भारतीय मल ल्याइ खेती गर्न थालेको छु। नपुग्ने भएपछि फेरी भारत गएर थप मल ल्याउने योजनामा छु।'

 
'के गर्नु मल नभएर कसरी खेती गर्नु त्यसैले भारतसम्म पुगेर भए पनि ल्याउनु पर्‍यो,' यादवले भने, 'तर भारतबाट सहज रुपमा मल ल्याउन नपाइने हुँदा चोरबाटो भएर ल्याउनु परेको छ।'

उनले करिब ६ वर्ष पहिले पनि भारत पुगेर मल ल्याएको बताए। 'भारतबाट मल ल्याउँदा धेरै दु:ख भोग्नु पर्दछ,' यादवले भने, 'भारतबाट मल ल्याउँदा खर्च समेत बढी हुन्छ।नेपालमा सरकारले मलमा अनुदान दिने भएकाले मुल्य कम पर्ने भएपनि समयमा पाइदैन।'

खेती गर्ने समयमा कृषकले रासायनिक मल नपाएपछि भारत पुगेर मल ल्याएर रोपाइ गर्न यहाँका किसान बाध्य छन्। मलका लागि दैनिक धाए पनि रासायनिक मल नपाए कृषक भारतसम्म पुगेर रासायनिक मल ल्याउन बाध्य भएका हुन्।

दाङको अधिकांश क्षेत्रमा किसानलाई मलको पिरोल भइरहेका बेला नाका क्षेत्र नजिक रहेको दाङको देउखुरी क्षेत्रका कृषक भने भारत पुगेर रै मल ल्याउने गरेका छन्। केहीले रासायनिक मल ल्याएर खेती सुरु गरेका छन् भने केही तयारीमा रहेका छन्।

सरकारले कृषकलाई सहज मलको व्यवस्था गराइ दिनुपर्ने भएपनि त्यसो गर्न नसकेकोले किसानले मलको सास्ती भोगिरहेको किसानको भनाई छ। राजपुर गाउँपालिका ५ गंगदीका तुलसी चौधरीले मल नहुँदा धान रोपाइ सुरु नभएको बताइन्।

धान रोप्नका लागि ब्याड तयार भए पनि मल नहुँदा रोपाइ सुरु गरेका छैनौं,' उनले भनिन, 'मल लिनका लागि दैनिक कृषि सामग्री केन्द्रमा धाए पनि पाइएको छैन। आस्मति चौधरीले पनि मल नपाउँदा समस्यामा परेको बताइन्।

अहिले खेती गरिसक्ने समय भएपनि खेती नसकिएको उनको भनाइ छ। 'हामीलाई सरकार र प्रकृति दुवैले ठगे,' आस्मतिले भनिन्।  कृषि सामाग्री कम्पनीले गोदाममा अनुदानको मल नभएको बताएको छ। कार्यालयले मल आपूर्तिमा समस्या भएको भन्दै प्रयास जारी राखेको बताएको छ। कृषि सामग्री केन्द्र तुलसीपुरमा प्रमुख तीर्थराज न्यौपानेले यस वर्ष दाङमा मलको विजोग अवस्था भएको बताए।

उनले भने,' डिएपी आउँदै आएन, युरिया कम आयो, त्यसले किसानलाई आवश्यकताअनुसार आपूर्ति भएन अनि समस्या र अभाव देखियो। 'प्रयास जारी राखेका छौं, युरिया मल यो सिजनमा आउने सम्भावना छ, तर डिएपी यो सिजनमा आउने सम्भावना अत्यन्त कम छ,' प्रमुख न्यौपानेले भने।

कोटा थप भएको छ। तर आपूर्ति हुन सकेको छैन। डिएपी मल आपूर्तिमा मन्त्रालयस्तरमा अनुदानको व्यवस्थापन नहुँदा अहिले समस्या देखिनुको प्रमुख कारण भएको बताए।अर्को कुरा भएको मल समेत क्षेत्रीय कार्यालयबाट दाङमा आउने वातावारण नभएपछि असहजता देखिएको छ। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.