छात्रामाथि यौन दुव्र्यवहार आरोप लागेका शिक्षकहरु धरौटीमा रिहा

छात्रामाथि यौन दुव्र्यवहार आरोप लागेका शिक्षकहरु धरौटीमा रिहा

राजविराज : स्कुलका छात्राहरुमाथि यौन दुव्र्यवहार गरेको आरोप लागेका दुई शिक्षक धरौटीमा रिहा भएका छन् ।

सप्तरी जिल्ला अदालतको आदेश वमोजिम जनही ६५ हजार रुपैयाँ धरौटी राखी पुर्पक्षका लागि उनीहरु रिहा भएको अदालतका स्रेस्तेदार दिलकुमार वर्देवाले बताए ।

पक्राउ परी थुनामा रहेका बोदे बसाईन नगरपालिका–१० का ४० वर्षीय पशुपतिकुमार यादव धरौटीमा रिहा भएलगत्तै फरार रहेका सिरहा लहान नगरपालिकाका–३५ वर्षीय रामकृष्ण यादव अदालतमा हाजिर भए ।

उनलाई पनि जिल्ला न्यायाधीश नन्दकिशोर प्रसाद यादवको इजलाशले ६५ हजार धरौटी लिइ पुर्पक्षका लागि तारेखमा रिहा गरेको छ । प्रहरीले पशुपतिलाई भने जेठ २७ गते पक्राउ गरी थुनामा राखेको थियो ।

सुरुङ्गा नगरपालिका–२ स्थित जनता आधारभूत विद्यालय भेडिया, हर्दियामा अध्यापनरत निमावि राहत शिक्षकद्वयले लामो समयदेखि यौन दुव्र्यवहार गर्ने गरेको छात्राहरुको आरोप छ ।

गत चैतदेखि छात्राहरुलाई कक्षा कोठा र कोचिङ कक्षामा पढाउने शिक्षकद्वयले संवेदनशील अंगहरु छुने, चिमोटने, समाउने, गाला जोडने, लुगा तान्ने, अश्लिल कुरा गर्ने गरेको भन्दै १४ वर्षीया बालिकाले इलाका प्रहरी कार्यालय कडरबोनामा जेठ २६ गते उजुरी दिएपछि घटना सार्वजनिक भएको थियो ।

पीडित छात्राले घटनाबारे ठूली आमालाई जानकारी गराएपछि गत चैत १३ गते विद्यालय व्यवस्थापन समिति, शिक्षक र स्थानीय जनप्रतिनिधिसहित गाउँमै बैठक बसेको थियो ।

बैठकले आरोपितहरुलाई सरुवा भइ अन्यत्र जान निर्देशन दिएको र पुनः जेठ २४ गते बसेको बैठकले आरोपितहरुले बालबालिका हिंसा गरेमा तत्कालै अवकाश दिने निर्णय गरेको स्थानीयबासीले जानकारी दिए । आरोपित शिक्षकहरुले भने छात्राहरुलाई कुनै किसिमको यौन दुव्र्यवहार नगरेको बताउँदै आएका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.