छुट्टाछुट्टै दुर्घटनामा झापामा दुईको मृत्यु

छुट्टाछुट्टै दुर्घटनामा झापामा दुईको मृत्यु

भद्रपुर : छुट्टाछुट्टै दुर्घटनामा झापामा दुई जनाको मृत्यु भएको छ। झापाको गौरादह नगरपालिका ८ दामाबारीमा मोबाइल चार्ज गर्दा करेन्ट लागेर ६ वर्षीय बालकको ज्यान गएको छ। 

त्यसैगरी दमकमा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ। करेन्ट लागेर मोरङ रतुवामाई नगरपालिका घर भई हाल झापाको गौरादह ८ दामाबारी चोकस्थित मामाघर बस्दै आएका रोशन महतोको मृत्यु भएको झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए। 

मोटरसाइकलले ठक्कर दिएर मृत्यु हुनेमा दमक नगरपालिका ५ बस्ने ४० बर्षीय पुष्कर भुजेल रहेको श्रेष्ठले बताए। प्रहरीका अनुसार दमक नगरपालिका ५ स्थित पुरानो पाथिभरा एफएम छेउको भित्रि सडकखण्डमा मे ३ प ४३०५  नम्बरको मोटरसाइकलले पैदलयात्रीलाई बुधबार साँझ ठक्कर दिएको थियो। 

मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका भुजेललाई उपचारका लागि न्युरो अस्पताल विराटनगर पठाइएको थियो उनको उपचारको क्रममा मृत्यु भएको हो। 
  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.