सप्तकोशीमा पानीको बहाव यो वर्षकै उच्च, खतराको बत्ति बालियो

सप्तकोशीमा पानीको बहाव यो वर्षकै उच्च, खतराको बत्ति बालियो

इटहरी : पूर्वमा अविरल वर्षासँगै सप्तकोशी नदीमा पानीको बहाव बढेको छ । सप्तकोशीमा शुक्रबार बिहान ८ बजे पानीको बहाव १ लाख ७९ हजार ६१५ क्युसेक पुगेको ब्यारेज प्रहरीले जानकारी दिएको छ।

पानी निकासीको लागि ५६ मध्ये २३ वटा ढोका खोलिएको छ । सप्तकोशीको पानीको बहाव कोशी ब्यारेजमा मापन गरिन्छ । पानीको बहाव निरन्तर बढ्दै आएको ब्यारेजमा कार्यरत प्रहरी असइ ईश्वरी दाहालले जानकारी दिए । दाहालका अनुसार बिहीबार राती पानीको बहाव १७८११० क्युसेकपुगेको थियो । बिहान ४ बजे केही घटेर १६८८२० पुगे पनि ८ बजेदेखि फेरि बढ्न थालेको हो ।

पानीको बहाव डेढ लाख क्युसेक नाघेसँगै खतराको संकेत स्वरुप रातो बत्ती बालिएको छ भने रातो झण्डा फहराइएको छ । स्थानीय प्रशासनले नदीको किनारमा रहेका स्थानीयहरुलाई सतर्क रहन सुचना जारी गरेको छ ।

कोशीमा पानीको बहाव १५०००० क्युसेक पुगेपछि रातो बत्ति बाल्ने र रातो झण्डा फहराउने गरिन्छ । ६ लाख क्युसेक भार बहन क्षमता रहेको कोशीमा बालुवाका कारण पानीको सतह बढेकोले थोरै बहावमै कोशी ब्यारेजमा दबाब पर्ने गर्छ।

२०६५ भदौ २ गते एक लाख ६८ हजार क्यूसेक पानीको वहाव हुँदा नै सप्तकोसी नदीले पूर्वी तटबन्ध भत्काएर साबिक हरिपुर, श्रीपुर, पश्चिम कुशाहा र लौकही गाविस डुबानमा पारेको थियो ।  त्यसपछिका वर्षहरुमा अढाई लाख क्युसेकसम्म पुगेको थियो ।

सप्तकोशी पूर्वी तटबन्ध भत्काएर गाउँ पसेपछि हजारौं मानिस विस्थापित भएका थिए । राजमार्ग भत्काउँदा लामो समयसम्म पूर्वी नेपाल पश्चिमसँग सम्पर्क विच्छेद् भएको थियो भने हजारौं विगाहा खेती योग्य जमिन वर्षौंसम्म बालुवाले पुरिएको थियो । अहिले पनि धेरै पानी पर्ने बित्तिकै सो क्षेत्रका स्थानीयहरु डरले त्रसित हुने गरेका छन् ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.