दोलखामा पहिरोले पुरिएर ३ घाइते, टिपर पल्टियो

दोलखामा पहिरोले पुरिएर ३ घाइते, टिपर पल्टियो

दोलखा : दोलखामा बिहीबार साँझदेखि लगातार वर्षा हुँदा जनजीवन कष्टकर हुँदै गएको छ।जिल्लाको मेलुङ गाउँपालिकास्थित ७६२ मिटरको उचाई भएको सितलीदेखि गौरीशंकर गाउँपालिका-८ मा पर्ने ७१४५ मिटरको गौरीशंकर हिमालसम्म बिहीबार साँझ ५ बजेदेखि लगातार वर्षा भइरहेको दोलखा प्रहरीले जनाएको छ। वर्षाका कारण सडक अवरुद्ध भएका छन्।जताततै पहिरो जाँदा घाइतेको संख्या बढिरहेको प्रहरीले जनाएको छ।

भीमेश्वर नगरपालिका-३ चरिकोट क्याम्पस नजिकै अविरल वर्षाका कारण चरिकोटबाट अपर तामाकोशी जाने सडकखण्डमा पहिरोले बाटोमा हिंडिरहेकी ४६ वर्षीया जलमाया थामी घाइते भएको दोलखाका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक रेशम बोहराले जानकारी दिए।

थामीको चरिकोट प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ। सोही पहिरोमा परेर बा ४ ख २१२५ नम्बरको टिपर पल्टिएको छ। यस्तै स्थानीय गंगालाल थामी र मंजित थामी समेत सामान्य घाइते भएको प्रहरीले जनाएको छ।

भीमेश्वर नगरपालिका-९ हलहलेमा पनि पहिरो खसेर बाटो अवरुद्ध भएको छ। बाटो अवरुद्ध हुँदा यात्रुहरु बीच बाटोमा अलपत्र परेका छन्। त्यसैगरी चरिकोट-जिरीको अनाथलय सडकखण्डमा अवरुद्ध भएको सडक भने सूचारु भइसकेको छ।

शैलुङ गाउँपालिकाका अध्यक्ष भरत दुलालले फेसबुकमार्फत निरन्तर भारी वर्षाका कारण बाढी, पहिरोलगायत अन्य विपद्को जोखिम बढी हुने भन्दै आ-आफ्नो घर, टोल, छिमेकका बासिन्दालाई सजग रहन सूचित गरेका छन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.