धरहरा र रानीपोखरी अनुगमनमा गएका सांसदलाई पानीले चुट्यो (फोटो र भिडियो)

धरहरा र रानीपोखरी अनुगमनमा गएका सांसदलाई पानीले चुट्यो (फोटो र भिडियो)

काठमाडौं : वर्षाका बीच राष्ट्रियसभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिले धरहरा र रानीपोखरीको अनुगमन गरेको छ। समितिले भूकम्पपछि पुनर्निर्माण भइरहेको धरहरा र रानीपोखरीको स्थलगत निरीक्षण गरेको हो। पुनर्निर्माण प्राधिकरणका विज्ञ राजुमान मानन्धरले धरहराको कामबारे जानकारी गराए।

 
५ अक्टोबर २०२० मा धरहरा पुनर्निर्माण गरिसक्ने लक्ष्य भए पनि समयमा काम सक्न समस्या देखिएको बताए। ‘हामीले धरहरा पुनर्निर्माण गर्दा परापूर्वकालदेखिका तीनवटा बाटो बन्द गर्यौँ’, उनले भने, ‘यसमा स्थानीयले अवरोध पनि गरे। यसको विकल्पमा बाटो दिने पनि निर्णय भएको छ। तर, काठमाडौं महलले बाटो छेकेका कारण समस्या भएको छ।’

९ तले धरहरा भूकम्पले भत्काएपछि २२ तले आधुनिक धरहरा बन्नेछ। २२ तले बने पनि उचाईमा धेरै फरक नपर्ने उनको भनाइ छ। मानन्धरले ४८ करोड खर्च भइसक्दा धरहराको १६ प्रतिशत काम भएको सभापति तारादेवी भट्ट नेतृत्वको संसदीय समितिलाई जानकारी गराए। 

यस्तै, रानीपोखरीको पनि काम धमाधम भइरहेको अनुगमनका क्रममा पाइएको छ। पानी अड्याउन समस्या भएको रानीपोखरी उपभोक्ता समिति सचिव रोशन तुलाधरले बताए। उनले अहिले विभिन्न ठाउँबाट ल्याएको कालोमाटो राखेर पानी जमाउने प्रयास भइरहेको बताए। 

‘सुन्दर बनाउने नाममा महानगरपालिकाले बिगार्‍यो’, उनले भने, ‘त्यसपछि अहिले पानी जमाउन समस्या भएको छ।’ समिति सभापति भट्टले निरन्तरको वर्षाले अनुगमनका क्रममा केही समस्या भएको बताइन्। पूर्वनिर्धारित कार्यक्रम भएका कारण अनुगमन गरिएको बताइन्। ‘हामीले यहाँ काम गरिरहेका मजदुरसँग कुरा गर्ने भनेका थियौँ’, उनले भननिन्, ‘तर पानी परेकाले समस्या भयो। फेरि यो कार्यक्रम पूर्वनिर्धारित थियो।’ 

  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.