काम नगर्ने कर्मचारीलाई कारबाही : मन्त्री यादव

काम नगर्ने कर्मचारीलाई कारबाही : मन्त्री यादव

काठमाडौं : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले उद्यमी व्यवसायीको कार्य समयमै सम्पन्न नगर्ने राष्ट्रसेवक कर्मचारीलाई कारवाही गरिने बताएका छन् । 
नेपाल चेम्बर अफ कमर्शद्वारा विद्यमान वाणिज्य तथा आपूर्ति व्यवस्थापन विषयमा शुक्रबार आयोजित एक कार्यक्रममा उनले काम नगरी आलटाल गर्ने कर्मचारीलाई कारवाही गर्ने धारणा राखेका हुन् ।

निजी क्षेत्रबिनाको विकास असम्भव रहेको मन्त्री यादवले बताए । निजी क्षेत्रका प्रतिनिधिमूलक संस्थाले कानुनमा उल्लेख भएका गर्न हुने र नहुने व्यवसायको कार्यबारे सुसूचित गराउनुपर्ने उनको भनाइ छ ।

मुलुकको समग्र विकासका लागि निरपक्ष व्यापारभन्दा पनि उत्पादनसहितको व्यापारमा जोड दिनुपर्ने मन्त्री यादवले बताए । 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.